पूर्वनिर्धारित मितिभन्दा ढिलो आउन लागेको सस्पेन्स थ्रिलर जनराको चलचित्र 'लाखे' को जमलस्थित विश्वज्योति हलमा बुधबार प्रिमियर शो देखाइएको छ।
बिहीबारदेखि प्रदर्शनमा आउन लागेको लाखे अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित फिल्म 'महापुरुष' प्रदर्शन भएपछि रोकिएको थियो।
फर्स्टलुक र ट्रेलरबाट चर्चामा आइसकेको यो फिल्मको प्रिमियर हुँदा कयौँ सेलिब्रिटीको जमघट देखियो।
प्रिमियरका क्रममा सुनिल थापा र निश्चल बस्नेतसहितका कलाकारहरु हलमा पुगेका थिए।
त्यसैगरी उक्त चलचित्रका कलाकारहरु सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्वा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार र बाल कलाकार सिस्टम भण्डारी पनि हलमा पुगे।
फिल्ममा सिजन अर्यालको कथा र निर्माण छ। डीपी भण्डारी र गणेश मल्ल ठकुरी (जीएम) द्वारा निर्मित फिल्ममा हरि मल्ल ठकुरी कार्यकारी निर्माता छन्।
Shares
प्रतिक्रिया