पहिलो फिल्मबाटै उद्योगमा राम्रो सम्भावना देखाएका कलाकार हुन्-सोनम तोप्देन। उनले सुदर्शन थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’बाट रजतपटमा डेब्यु गरे।
पहिलो फिल्मबाटै उनले दर्शकको उल्लेख्य माया पाए। फिल्मको सपनानै नदेखेका सोनमको सपना फिल्म उद्योगले देख्न थाल्यो।
‘सम्हालिन्छ कहिले मन’मा उनले गरेको अभिनयको सबैले तारिफ गरे।
एनै सोनम दोस्रो फिल्ममा अनुबन्धित भएका छन्। सोनमले निर्देशक मीनबहादुर भामको नयाँ फिल्म ‘चिसो वर्ष’ अभिनय गर्ने पक्का भएको छ।
यो फिल्मका लागि दसैँअघि नै अडिसन दिएका सोनम छानिएका छन्। यो फिल्ममा सोनम शीर्ष भूमिकामा देखिने छन्।
फिल्म ‘चिसो वर्ष’मा काम गर्ने पक्का भएपछि सोनम निक्कै उत्साहित देखिएका छन्।
फिल्ममा छानिएपछि सोनमले भने ‘यो फिल्म मेरा लागि विशेष हुने छ। मिनजीको विश्व बजारमा छुट्टै क्रेज छ । उहाँको निर्देशनमा काम गर्न पाउँदा खुशी लागेको छ।’
सोनम ‘चिसो वर्ष’ छायांकनका लागि आगामी जनवरीबाट मीन भामको टिमसँग डोल्पा जाने छन्। भामले ‘चिसो वर्ष’ मार्फत जीवन बाँच्न एक एकल महिलाले गर्ने संघर्षको कथा भन्ने तयारी गरेका छन्।
Shares
प्रतिक्रिया