वरिष्ठ संगीतकार शुभ बहादुर सुनामको निधन भएको छ। स्याक्सोफोन वादन मार्फत लोकप्रियता हासिल गरेका संगीतकार सुनामको सोमबार बिहान निधन भएको हो।
संगीतकार सुनामका छोरा दिनेश सुनामले बिहान ४ बजेर ३० मिनेट जाँदा बुवाको मृत्यु भएको पुष्टि गरेको संगीतकार संघका संरक्षक लक्ष्मण शेषले जानकारी दिए।
७४ वर्षिया सुनाम मृगौला सम्बन्धि समस्याका कारण अस्पताल भर्ना भएका थिए। उनको उपचारका क्रममा छाउनीस्थित सैनिक अस्पतालमा निधन भएको हो।
सुनावको पार्थिव शरीर अहिले छाउनी अस्पतालमै राखिएको संगीतकार शेषले जानकारी दिए।
आजै ९ बजेबाट उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिने बताउँदै शेषले स्थान भने केहि बेरमा तय गर्ने बताए। सुनामको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ।
141
Shares
प्रतिक्रिया