कवि तीर्थ श्रेष्ठ नेपाल लेखक संघको अध्यक्ष चुनिएका छन्।
पोखरामा शुक्रबार भएको संघको ७ औं महाधिवेशनबाट उनी सर्वसम्मत अध्यक्ष बनेका हुन्।
तरलतावादी अभियन्ता तथा नेपाल संगीत नाट्य एकेडेमीमा संस्थापक सदस्य सचिव श्रेष्ठ यसअघि संघको उपाध्यक्ष भइसकेका थिए। लेखक संघ नेपाली कांग्रेस निकट लेखकहरुको संस्था हो।
कवि तथा संस्कृतिकर्मीको परिचय बनाएका श्रेष्ठ पोखराको पुरानो बाङ्मयीक प्रतिष्ठान पोखरेली युवा सांस्कृतिक परिवारका पूर्वअध्यक्ष पनि हुन्। उनलाई पोखरेली साहित्यको मियो पनि मानिन्छ।
अन्य पदहरुमा सर्वसम्मतिको प्रयास भइरहेको छ।
48
Shares
प्रतिक्रिया