नेपालस्थित इजरायली दूतावासले १३औं इजरायली चलचित्र महोत्सवको आयोजना गर्ने भएको छ ।
यही मंसिर १० र ११ गते तहाचलस्थित होटल सोल्टीको पार्किङ्ग क्षेत्रमा महोत्सव आयोजना हुने दूतावासले जनाएको छ। इन्टरनेशनल साउण्ड सर्भिसेसको प्रावधिक सहकार्यमा महोत्सव हुन लागेको हो।
‘यस महोत्सवसंगै नेपालमा एक पृथक किसिमको चलचित्र शो भित्राउने प्रयास गरिने छ – ड्राइभ–इन शो । हुन त विश्वमा ड्राइभ–इन शो नौलो होइन, तर नेपालमा भने यो पहिलो पटक आयोजना हुँदैछ’ दूतावासले विज्ञप्तिमा भनेको छ।
आफ्नै गाडीभित्रको सुरक्षित घेरामा बसेर हेर्ने यो चलचित्र महोत्सवले कोरोनाका कारण प्रभावित भएको फिल्म क्षेत्रलाई यस अवधारणाले टेवा दिने अपेक्षा लिइएको दूतावासले जनाएको छ।
आफ्नो परिवारसँग बसेर सामाजिक दूरी कायम राखेर चलचित्र हेर्न चाहने कुनैपनि व्यक्तिको लागि यो शो खुला रहनेछ । तर आफ्नो पार्किङ्ग स्थान सुरक्षित गर्नको लागि सोल्टि होटलको वेब साइट www.soaltee.com मा गई फर्म भर्नुपर्ने हुन्छ ।
यस्ता सांस्कृतिक महोत्सवले दुई देशका जनताबीच प्रगाढ सम्बन्ध विस्तार गर्न मद्दत गर्ने विज्ञप्तिमा उल्लेख छ।
Shares
प्रतिक्रिया