ad ad

कला


हजुरबुवाको पुस्तक र नातिको गीति एल्बम सँगै बिमोचन

हजुरबुवाको पुस्तक र नातिको गीति एल्बम सँगै बिमोचन

नेपालखबर
कात्तिक १७, २०७६ आइतबार ९:२१,

साहित्यकार बाबुकाजी कसपालको जीवनीमा आधारित पुस्तक ‘कृपा’ र उनको १२ वर्षीय नाति अधिश्री कसपालको गीति एल्बम ‘सुवासमा अधिश्री’ बिमोचन भएको छ।

विमोचन कार्यक्रममा गीतकार चेतन कार्कीले कुनै पनि देशको गौरव त्यो देशको भाषा, संस्कृति र कलाको संबृद्धिमा भर पर्ने बताउँदै भाषा, संस्कृति र कलाको भक्त भएको कारण भक्तपुरको नाम भक्तपुर रहन गएको चर्चा गरे। यस्तै, पूर्व न्यायाधिवक्ता डा युवराज संग्रौलाले बिमोचित पुस्तक ‘कृपा’ का लेखक बाबुकाजी कसपालको शरीरबाट नेपालको गन्ध आउने बताए। ७०० वर्ष अगाडिको कला र संस्कृतिले अर्थ राख्दा दुइ–ढाइ सय वर्षको ईतिहास बोकेको राजनीतिले अर्थ राख्न नसकेको डा संग्रौलाले चर्चा गरे।

कार्यक्रममा बिमोचित एल्बमका अधिश्री र उनकी दिदी सर्वश्रीले गीत गाएका थिए। बिमोचित एल्बमको गीत ‘कोही हुन्छन’ गीतको द्रिस्यांशमा नायक सरोज खनालले भूमिका निर्वाह गरेका छन्। एल्बमको समिक्षा वरिष्ठ संगीतकार राजु सिंहले गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .