कलाकार किरण केसी 'रातामकै'ले चितवनको माडीमा वैद्य माओवादीले कब्जा गरेको जग्गा आफ्नो नभएको बताएका छन्। केही दिनअघि मोहन वैद्य 'किरण' नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले चितवनमा कब्जा गरेको जग्गा कलाकार केसीको भनेर समाचार प्रकाशित भएका थिए।
रातामकैले शनिबार सामाजिक सञ्जालमार्फत् उक्त जग्गा आफ्नो भनेर अपवाह फैलाएको भन्दै दु:ख व्यक्त गरेका छन्।
'५-७ दिनअगाडि रातामकैको माडीको जग्गा, कसैले ४० बिगाह कसैले ५० बिगाह कसैले ७० बिगाहा जग्गामा झन्डा गाडेर जग्गा कब्जा गरियो भन्ने समाचारले मलाई दु:खी बनायो,' उनले लेखेका छन्, 'यो सत्य होइन, त्यो भनिएको जग्गा मेरो होइन ।' यसबारे माडी नगरपालिका र २१ ग्रुपले पनि यसबारे विज्ञप्ति निकालेर प्रष्ट पारिसकेको बताए।
'मेरो कोहीसँग पनि लेनादेना छैन । म २१ ग्रुपको ३ वर्षको लागि ब्रान्ड एम्बस्डर मात्र हुँ,' किरणले लेखेका छन्।
Shares
प्रतिक्रिया