ad ad

कला


वी रिडको नयाँ पुस्तक ‘मनस्तरङ्गिणी’

वी रिडको नयाँ पुस्तक ‘मनस्तरङ्गिणी’

नेपालखबर
असोज २९, २०७६ बुधबार ९:७,

कथालयबाट हालै प्रकाशित प्रकाशमणि दाहालको ‘मनस्तरङ्गिणी’ उपन्यास सार्वजनिक गरिएको छ। 

उपन्यास सार्वजनिक गर्दै संस्कृतिविद् सत्यमोहन जोशीले बहुमुखि प्रतिभाका धनी उपन्यासकार प्रकाशमणि दाहालको ‘मनस्तरङ्गिणी’ समयसापेक्ष र प्राज्ञिक दृष्टिकोणले धेरै माथि उठेका बताए। ‘यसमा मान्छेको मन र भय, प्रेम, धर्म, राजनिती, भाषा कला जस्ता विषयलाई मनका अङ्ग—उपाङ्गको सेरोफेरोमा पारेर भोगेका देखेका र अनुभव गरेका कथावस्तुलाई रोचक शैलीमा प्रस्तुत गरिएको छ। यो पुस्तकमा मायापिरतीको पातलो संजालमा विचारको एउटा छुट्टै धार देखा पर्छ।’

 यस्तै, डा. नन्दिता खत्रीले यसको अध्ययन फ्रायडका अनुसार गरिएको बताइन्। ‘मनका तह, अनियन्त्रित मन, ध्यान आदि नियन्त्रणका उपाय, सपना, स्मरण—विस्मरण आदि प्रवृती बारे अध्ययन गरिएको छ। मनोविज्ञान मनवशास्त्र तथा साहित्यको त्रिवेणी यस कृतीले पाठकलाई पर्याप्त ज्ञान र मनोरञ्न दिने विश्वास गर्न सकिन्छ’ उनले भनिन्।

उपन्यासको ढाँचामा रहेको ‘मनस्तरङ्गिणी’ मन नै मान्छे हो जुन जति संवेदनशिल हुन्छ, मान्छे पनि त्यति नै असल हुन्छ। मनको उत्पत्ति, निर्माण विकास लगायत मुख्य प्रकृति , प्रवृत्ति र विशेषताका साथै मौलिक अङग भय र प्रेम हुन्। यस्तै विभिन्न सात विषयको शृङ्खलाबद्व अध्ययन नै ‘मनस्तरङ्गिणी’ उपन्यासको विशेषता हो।

उनले शिक्षक र विद्यार्थी सहायक विभिन्न कृतिहरुका साथै फर्किएर हेर्दा (खण्डकाव्य), अनुहार (कथासंग्रह), चुनौती (उपन्यास) जस्तै थुप्रै गजल, कवितासंग्रह, बालउपन्यासहरु लेखेका छन्। उनले हिडार्ई, महान् जादुगर ओज, प्रकृतिको पुकार जस्ता कृतिहरु पनि अनुवादित गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .