बुटवल उपमहानगरपालिकामा आजै मतगणना सुरु गर्ने तयारी भएको छ।
अहिले मतपेटिका निर्वाचनको अधिकृतको कार्यलयमा ल्याउने काम भइरहेको छ।
मतपेटिका बुझेर सक्ने बित्तिकै मतगणना थालिहाल्ने बुटवलका निर्वाचन अधिकृत लेखनाथ पौडेलले बताए।
२ वटा वडाको मतपेटिका बुझ्न बाँकी छ। मतपेटिका आएपछि सर्वदलीय छलफल राख्छौं।
उनले भने, ‘छलफल लामो हुने छैन। धेरै कुरा अस्ति गरिसकेका छौँ। गणकहरु तयारी अवस्थामा छन्। सुरु गरिहाल्ने हो।’
बुटवलमा कुल ९० हजार ४०४ मतदाता मध्ये ६२ हजार १०१ मत खसेको छ।
बुटवलको मेयरको उम्मेदवारमा गठबन्धनबाट कांग्रेसका खेलराज पाण्डे र एमालेका बाबुराम भट्टराईबीच तीब्र प्रतिस्पर्धा हुने देखिन्छ।
195
Shares
प्रतिक्रिया