ad ad

निर्वाचन विशेष


एमाले अध्यक्ष ओली आज सुदूरपश्चिम आउँदै, तीन ठाउँको सभालाई सम्बोधन गर्ने

एमाले अध्यक्ष ओली आज सुदूरपश्चिम आउँदै, तीन ठाउँको सभालाई सम्बोधन गर्ने

फाइल तस्बिर


गोकुल जोशी
बैशाख २२, २०७९ बिहिबार ६:४८, महेन्द्रनगर

प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (बिहिबार) सुदूरपश्चिम आउँदै छन्।

आसन्न स्थानीय तहको निर्वाचनअन्तर्गत चुनावी सभालाई सम्बोधन गर्न ओली सुदूरपश्चिम प्रदेश आउन लागेका हुन्।

बिहीबार कञ्चनपुर र कैलालीका तीन ठाउँमा चुनावी आमसभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। 

कञ्चनपुरको बेलौरी नगरपालिका, कैलालीको धनगढी र बर्दगोरियामा आयोजना हुने आमासभाको सम्पूर्ण तयारी पुरा भएको नेकपा एमाले कञ्चनपुरका सचिव पल्लबराज भट्टले जानकारी दिए।

उनका अनुसार काठमाडौँबाट अहिले हवाईजहाजबाट धनगढी अवतरण गर्ने ओली हेलिकप्टरमार्फत सुरुमा बर्दगोरियाको कार्यक्रममा सहभागी हुने छन्। त्यसपछि दिउँसो २ बजे कञ्चनपुरको बेलौरीस्थित खुलामञ्च आयोजना हुने आमसभालाई सम्बोधन गर्ने छन्।

त्यसपछि उनी धनगढीको कार्यक्रमलाई सम्बोधन गर्न जाने छन्।

ओलीले विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरुलाई स्वागत गर्ने कार्यक्रम पनि छ। ओलीको कञ्चनपुर भ्रमणलाई निकै चासोका साथ हेरिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .