उम्मेदवार छनौटका विषयमा असन्तुष्टी जनाउँदै स्वतन्त्र रुपमा महानगरको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका उमेश यादव र नमिता न्यौपानेले उम्मेदवारी कायमै राखेका छन्।
पार्टीले गठबन्धन गरेपनि जसपाका पूर्वनेता उमेश र माओवादी केन्द्रकी नेता नमिताको उम्मेदवारी कायम रहेको छ।
उनीहरुले मनोनयन फिर्ता नलिँदा गठबन्धनलाई समस्या परेको छ।
गठबन्धनमा प्रमुख पद कांग्रेस र उपप्रमुख पद जसपाको भागमा परेको छ। जस अनुसार गठबन्धनबाट प्रमुख पदमा नागेश कोइराला र उपप्रमुखमा अमरेन्द्र यादवको उम्मेदवारी परेको छ। दुवैले पार्टीबाट राजीनामा दिएका छन्।
विराटनगर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका तीनसहित २३ जनाले भने उम्मेदवारी फिर्ता लिएका छन्।
प्रमुखमा उम्मेदवारी दिएका राष्ट्रिय जनमोर्चाका टंकप्रसाद गौतम, नेपाल परिवार दलका महेश निरौला र स्वतन्त्र उम्मेदवारी दिएकी माओवादी केन्द्रकी केमुना ओडारी मैनालीले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत भरत लम्सालले बताए।
उपप्रमुखमा उम्मेदवारी दिएका उद्धवप्रसाद कोइराला र परिवार दलका दिपक पोखरेलले फिर्ता लिएका छन्।
यस्तै, महानगरमा स्वतन्त्रबाट वडाध्यक्षमा उम्मेदवारी दिएका ८ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ।
Shares
प्रतिक्रिया