सेयरबजार परिसूचक नेप्से आज दोहोरो अंकले बढेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सूचक १६.३९ अंकले र सेन्सिटिभ सूचक ४.९३ अंकले बढेको हो।
यद्यपि नेप्से अझै १९ सय विन्दुमुनि नै कायम छ। आज बढेसँगै सूचक १८७४.८७ विन्दुमा छ।
आज बजारमा ६९ करोड रुपैयाँको मात्र सेयर कारोबार भएको नेप्सेले जनाएको छ। यसअनुसार २२४ कम्पनीको २५ लाख ७४ हजार कित्ता सेयर बिक्री भएका छन्।
कुल १३ वटै उपसूचक हरियो भएको दिन ६५ कम्पनीको सेयर घटेको, ११० वटाको बढेको र १० वटाको उही मूल्यमा कारोबार भएको छ।
आज सयपत्री हाइड्रोपावरका लगानीकर्ताले प्रतिकित्ता २८.५० रुपैयाँ, एसबीआई बैंकका लगानीकर्ताले २२ रुपैयाँ, शाइन रेसुंगा डेभलपमेन्ट बैंकका लगानीकर्ताले १९.८० रुपैयाँ, एनआईसी एसियाका लगानीकर्ताले ४२ रुपैयाँ र एभरेष्ट बैंकका लगानीकर्ताले २८.१० रुपैयाँ कमाएका छन्।
गुमाउनेमा अपरहेवाखोला हाइड्रोका लगानीकर्ता अगाडि छन्। कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ३०.२० रुपैयाँ गुमाएका छन्। त्यस्तै रुरु जलविद्युतका लगानीकर्ताले ५५ रुपैयाँ, अभियान लघुवित्तका सेयरधनीले ३६.१० रुपैयाँ गुमाएका छन्।
आज एनआईसी एसिया बैंकको सर्वाधिक ६ करोड १७ लाखको सेयर किनबेच भएको छ। त्यसपछि एभरेष्ट बैंकको ४ करोड ३९ लाख, नबिल बैंकको ३ करोड ८० लाख, प्रभु बैंकको २ करोड ७६ लाख र शिवम् सिमेन्टको १ करोड ६२ लाखको सेयर कारोबार भएको छ।
Shares
प्रतिक्रिया