आज सुन र चाँदी दुवैको मूल्य घटेको छ।
अघिल्लो दिन १ लाख ३६ हजार रुपैयाँ प्रतितोला पुगेको सुन आज २ सय रुपैयाँ सस्तो भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन बिहीबार १ लाख ३५ हजार ८ सय र तेजाबी सुन १ लाख ३५ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको छ।
त्यस्तै चाँदी पनि आज १५ रुपैयाँ प्रतितोला सस्तो भएको छ। चाँदी आज तोलाको १ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएको छ।
उता अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रतिऔँस २७.१८ र सुन २ हजार ३ सय १८ अमेरिकी डलरमा कारोबार भएको छ।
3.0k
Shares
प्रतिक्रिया