सुनको मूल्य सोमबार बढेको छ।
लगातार दुई दिन विदापछि खुलेको बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअनुसार छापावाल सुन १ लाख २६ हजार ७ सय र तेजाबी सुन १ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भएको छ।
यता चाँदीको मूल्य पनि बढेको छ। प्रतितोला १५ रुपैयाँले बढेको चाँदी आज बजारमा १ हजार ५ सय १५ रुपैयाँमा कारोबार भएको छ।
1.9k
Shares
प्रतिक्रिया