सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सीजी डिजिटल प्रालिमा विशेष छुटको व्यवस्था गरेको छ।
यसअन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्गमार्फत सीजी डिजिटलमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकहरुलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको हो।
साथै, सानिमा क्रेडिट कार्डमार्फत भुक्तानी गरी शून्य प्रतिशत मासिक किस्ताबन्दीमा परिणत गर्दा १ हजार रुपैयाँबराबरको क्यासब्याकको व्यवस्था पनि गरेको छ।
क्यासब्याक न्यूनतम ३० हजार रुपैयाँको कारोबारमा प्रदान गरिने बैंकले जनाएको छ।
21
Shares
प्रतिक्रिया