ad ad

कारोबार


डर्ट-टेम्पल च्यालेन्जमा अफ-रोड क्षमता प्रमाणित गर्दै इलेक्ट्रिक एसयूभी जेइको जे६

डर्ट-टेम्पल च्यालेन्जमा अफ-रोड क्षमता प्रमाणित गर्दै इलेक्ट्रिक एसयूभी जेइको जे६

नेपालखबर
असोज ९, २०८१ बुधबार १६:२७, काठमाडौँ

ओमोडा एन्ड जेइको कम्पनी लिमिटेडको लागि नेपालको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले धुलिखेलको प्रख्यात अफ-रोड ट्र्याकमा ‘डर्ट टेम्पल एन्ड जेइको अफ-रोड ट्रेल एडभेन्चर’ सफलतापूर्वक सम्पन्न गरेको छ।

गत शुक्रबार आयोजित उत्साहजनक च्यालेन्जद्वारा नेपालको पहिलो इलेक्ट्रिक अफ-रोड एसयुभि जेइको जे६को उच्चस्तरको क्षमता तथा शक्ति प्रदर्शन गरिएको हो। यसबाट विद्युतीय गाडीले पनि जस्तोसुकै अप्ठ्यारो भूभागहरू सजिलै पार गर्न सक्छ भन्ने कुरा प्रमाणित भएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार धुलिखेलमा सम्पन्न कार्यक्रममा अफ-रोड पारखी, तथा ड्राइभरहरूको उत्साहजनक सहभागिता रहेको थियो। साथै, विशेष रूपमा तयार गरिएको अफ-रोड ट्र्याक मुख्य आकर्षण रहेको थियो। ट्र्याकलाई साँच्चिकै अफरोड यात्रामा जस्तै चुनौतीपूर्ण बनाउन विभिन्न अवरोधहरू, उकालो, ओरालो, हिलो, स्पिडब्रेकर, टाइट टर्निङ, खाल्डाखुल्डी आदि समेटिएको थियो। यही ट्र्याकमा जे६ले आफ्नो शक्तिशाली पर्फमेन्स तथा क्षमता प्रमाणित गरेको हो।

जेइको जे६ले यी सम्पूर्ण अवरोधहरूलाई सजिलै पार गर्दै विद्युतीय सवारी प्रविधिले मारेको फड्कोलाई सही सावित गरेको कम्पनीको दाबी छ। २०० मिलिमिटरको उच्च ग्राउन्ड क्लियरेन्स र आरामदायी सस्पेन्सनको साथ, गाडीले प्राय सवारीहरूलाई कठिन हुने अवरोधहरूलाई सहजै पार गरेको कम्पनीले जनाएको छ।

२२० न्युटनमिटरको शक्तिशाली टर्क र १३५ किलोवाटको मोटर पावरले गर्दा चुनौतीपूर्ण मोड तथा उकालो ओरालोका अवरोधहरू बिना कठिनाइ पार भएको थियो। जे६मा रहेको ६५ किलोवाटआवरको ब्याट्रीले ट्र्याकलाई पटकपटक छिचोल्न पुग्ने गरी, ४०० किलोमिटर भन्दा बढीको इस्टिमेटेड रेन्ज प्रदान गर्‍यो। जे६मा रहेको २७१६ मिलिमिटरको ह्विलबेसले कठिन, टाइट टर्निङ र ड्रिफ्टिङको लागि उपयुक्त हुने टर्निङ रेडियस प्रदान गर्दछ।

ट्र्याक च्यालेन्जका अलावा सहभागीहरूले एटीभी राइड, गो-कार्ट रेस जस्ता विभिन्न आर्केड गेमहरूको मज्जा लिँदै मैत्रीपूर्ण प्रतिस्पर्धात्मकता कायम राखेका थिए। साथै स्वादिष्ट खाजासहितका फुड स्टल तथा निरन्तर सङ्गीत उत्सव समेत गरिएको थियो। 

जेइको जे६, प्रभावशाली पर्फमेन्स, अद्भुत पावर, र उच्च ग्राउन्ड क्लियरेन्ससहित अफ-रोड ड्राइभिङको लागि उत्कृष्ट विद्युतीय एसयुभिको रूपमा स्थापित भएको कम्पनीको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .