ad ad

कारोबार


१९औँ वार्षिकोत्सवमा एनसेलको १९ सामाजिक प्रोजेक्ट, स्थापना गर्‍यो एनसेल फाउन्डेसन (तस्बिरहरू)

सामाजिक कार्यमा फाउन्डेसनबाट ५ वर्षभित्र २० करोड खर्च गर्ने योजना
१९औँ वार्षिकोत्सवमा एनसेलको १९ सामाजिक प्रोजेक्ट, स्थापना गर्‍यो एनसेल फाउन्डेसन (तस्बिरहरू)

नेपालखबर
असोज १, २०८१ मंगलबार १५:३, काठमाडौँ

एनसेलले १९औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रम सञ्चालनका लागि एनसेल फाउन्डेसन सञ्चालनमा ल्याएको छ।

स्थानीयस्तरसम्म पुगेर सामाजिक उत्थानका कार्यहरु गर्ने उद्देश्यसहित एनसेलले आजबाट फाउन्डेसन सञ्चालनमा ल्याएको हो। 

सञ्चालनमा आएको करिब दुई दशकमा एनसेलले नेपालमा २ अर्बभन्दा बढीको रकम सामाजिक कार्यक्रमका लागि खर्च गरिसकेको छ।

सामाजिक कार्यलाई जोड दिँदै आएको एनसेलले आफ्नो २०औँ वर्षको थालनीसँगै फाउन्डेसनमार्फत सहयोगलाई नेपालका ७ वटै प्रदेशमा विस्तार गर्ने घोषणा गरेको हो। 

औपचारिक उद्घाटनको अवसरमा पारालिम्पिक्स २०२४ विजेता तेक्वान्दो खेलाडी पलेसा गोवर्धनसहितका खेलाडिलाई १० लाख नगदसहित सम्मान गरेको छ। देशको गौरवमय इतिहास रच्दै नेपाललाई अहिलेसम्मकै ठूलो पदक दिलाएको उपलक्ष्यमा विजेता गोवर्धनसहितका खेलाडीलाई एनसेलले सम्मान गरेको हो। जसमा पलेसालाई १० लाख र अन्य सहभागी पारा खेलाडी तथा प्रशिक्षकलाई थप १० लाख रुपैयाँसहित सम्मान गरिएको छ। 

व्यावसायिक यात्राको २ दशकमा एनसेलले गर्दै आएको सामाजिक कार्यलयलाई गति दिँदै डिजिटल नेपाल निर्माणमा मुख्य भूमिका खेल्ने गरी एनसेल अगाडि बढेको छ। अर्बौँ रकम समाजिक क्षेत्रमा खर्च गर्दै आएको एनसेलले शिक्षा, स्वास्थ्य र वातावरण क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर फाण्डेसनअन्तर्गत कार्यक्रमहरु गर्ने घोषणा गरेको छ।

अघिल्लो पटक समाजिक उत्तरदायित्वअन्तर्गत १८औँ वर्षमा १८ परियोजनालाई आर्थिक अनुदान दिएकोमा यो पटक पनि १९ वटा परियोजनालाई उक्त सहयोग वितरण गरिने घोषणा गरेको छ। 

सामाजिक क्षेत्रको सहायता बढाउन फाउन्डेसन स्थापना : सीईओ कायुमोभ
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्धनिर्देशक जाब्बोर कायुमोभले सामाजिक क्षेत्रमा हुने सहायतालाई थप बढाउँदै लैजान फाउण्डेसन स्थापना गरिएको बताए।

‘एनसेलले अनवरत रुपमा सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम मात्रै गर्दै आएको छैन शिक्षा, स्वास्थ्य, वातावरण लगायतका क्षेत्रमा समेत सहयोग गर्दै आएको छ र भविष्यमा यी कार्यहरुलाई ७ वटै प्रदेशमा पुर्याउने योजना सहित हामीले फाउण्डेसन सञ्चालनमा ल्याएको हौँ’, उनले भने।

कार्यक्रममा २ दशकमा एनसेलले गरेको सामाजिक उत्तदायित्व अन्र्तगतका कार्यहरुका बारेमा संक्षिप्त चर्चा गरिएको थियो। २००४ सालमा स्थापना भइ २००५ सालबाट सेवा सुरु गरेको एनसेलले १ करोड ६० लाख जनताको हात हातमा आफ्नो सेवा दिइरहेको छ। 

सेवालाई १९औ वार्षिक उत्सवको अवसरमा सेवालाई थप विस्तार गर्दै एनसेलले आजबाट सधै एनसेल एपबाट सधैँ अन प्याक योजना सार्वजनिक गरेको छ। जसमा सेवाग्राहीले प्याक खरिद गर्दा १९ प्रतिशत छुट पाउनेछन्। यो योजना असोज १ गते देखी ४ गतेसम्म उपलब्ध हुने छ। कार्यक्रममा अपांगता भएकाहरुका लागि पनि ५० प्रतिशत छुटसहितको योजनाहरु सार्वजनिक गरिएका थिए। डेटामा ५० प्रतिशत छुट पाउने व्यवस्थासहित जीवनभर उक्त सेवा दिने घोषणा गरिएको थियो। 

यस्तै डिजिटल नेपाल निर्माणमा लागेको नेपाल सरकारलाई सघाउन पनि एनसेलले विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। कार्यकारी प्रमुख कायुमोभले डिजिटल नेपाल निर्माणमा एनसेलको भूमिका महत्त्वपूर्ण रहने बताए। 

‘हामी डिजिटल नेपाल निर्माणका लागि महत्वपूर्ण भूमिका खेल्न तयार छौँ’, उनले भने। 

१ करोड ६० लाख जनतामा एनसेलको सेवा
दुई दशकको अवधिमा एनसेलले १ करोड ६० लाख जनतामा आफ्नो सेवा विस्तार गरिसकेको छ।

टेलिकमको क्षेत्रमा प्रतिस्पर्धी वातावरण र्सिजना गर्दै उपभोक्तलाई सेवामा सहजतासँगै सुलभता पनि प्रदान गर्न सफल बनेको एनसेलले भोलिका दिनमा थप सहुलियतपूर्ण योजनाहरु सार्वजनिक गर्दै जाने घोषणा गरेको हो। 

कार्यक्रममा कलंकी–कोटेश्वर विस्तार भएको चक्रपथमा ग्रिन बेल्ट निर्माण,  टेलिमेडिसिन, व्यक्तिगत स्वास्थ्य कार्यक्रम सेवा सञ्चालन तथा देशभर ६० हाईटेक डिजिटल आईटी ल्याब स्थापना गरिएको बारे चर्चा गरिएको थियो। विदेशी लगानीलाई भित्र्याएर ग्राहकको सेवालाई थप विस्तार गर्ने कार्यमा अनवरत लागेको प्रमुख काुमोभले उल्लेख गरे।

योसँगै एनसेलले नेपाल सरकारलाई दुई दशकमा ३ खर्ब २० अर्बभन्दा बढी राजस्व तिरिसकेको छ। एनसेलले देशको एक सबैभन्दा ठूलो करदाताका रुपमा योगदान गरिरहेको हो।

गत आर्थिक वर्ष २०८०/८१ मा मात्र कम्पनीले विभिन्न कर तथा शुल्कहरुअन्तर्गत २० अर्बभन्दा बढी सरकारलाई तिरेको छ। सन् २०१६ मा आजियटाले एनसेलको सेयर खरिद गर्दा ४७ अर्ब रुपैयाँ पुँजीगत लाभकर तिरेको थियो। एनसेलले हालसम्म प्रत्यक्ष, अप्रत्यक्ष गरी करिब २५ हजार जनालाई रोजगारी दिँदै आएको हो।

एनसेलले मुख्यगरी शिक्षा, वातावरण र स्वास्थ्य क्षेत्रमा बढी खर्च गर्दै आएको छ। यस्तै अहिलेसम्म एनसेलले बिजनेस रिजिलेन्स अवार्ड २०२४, फास्टेस्ट मोबाइल नेटवर्क इन नेपाल २०२२, एसियन टेलिकम अवार्ड २०२२, एक्सिलेन्स इम्प्लोयर अवार्ड २०२२, टीएम फोरम २०२१ क्याटालिस्ट, वर्ल्ड कम्युनिकेसन अवार्ड २०२१ लगायत एक दर्जन अवार्ड पाइसकेको छ।

थप तस्बिर (सरोज नेपाल)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .