ad ad

कारोबार


एनआईसी एसियाले सुरु गर्‍यो मास्टरकार्ड, भारत र भुटानबाट पनि पैसा झिक्न मिल्ने

एनआईसी एसियाले सुरु गर्‍यो मास्टरकार्ड, भारत र भुटानबाट पनि पैसा झिक्न मिल्ने

नेपालखबर
असार १६, २०८१ आइतबार १६:४३, काठमाडौँ

एनआईसी एसिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने भएको छ। 

सोही उद्देश्यका साथ बैंकले मास्टरकार्ड इस्युएन्स सेवा सञ्चालनमा ल्याएको हो। 

आइतबार पोखरामा विशेष कार्यक्रमका साथ बैंकले कार्ड इस्युएन्स सेवाको शुभारम्भ गरेको जनाएको छ। 

डेबिट कार्डको रुपमा प्रयोग गर्न सकिने मास्टरकार्ड बैंकका सबै शाखा कार्यालयहरुबाट ग्राहकले पाउन सक्नेछन्। 

बैंकका अनुसार यसमा अत्याधुनिक सुरक्षा प्रविधि तथा अत्याधुनिक कन्ट्याक्टलेस प्रविधि समेत प्रयोग गरिएको छ।

कार्डमार्फत ग्राहकले नेपाल, भारत र भुटानबाट एटीएम विथड्रलको साथमा पस तथा ई–कमर्स भुक्तानीलगायतको सुविधा उपभोग गर्न सक्ने बैंकले उल्लेख गरेको छ। 

‘डिजिटल फर्स्ट’ बैंकको रुपमा आफूलाई स्थापित गर्न लागिरहेको बैंक र विश्वविख्यात मास्टरकार्डबीचको यो सहकार्यले नेपालको बैंकिङ क्षेत्रलाई थप उचाइमा पुर्‍याउन ठोस योगदान दिने बैंकले विश्वास लिएको छ। 

कार्ड बैंकिङ सेवा प्रदायकको रुपमा मुलुकका अग्रणी वाणिज्य बैंकको रुपमा रहेको एन आई सी एसिया बैंकले हालसम्म भिसा कार्डबाट सेवा प्रदान गरिरहेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .