प्रभु बैंक लिमिटेडका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा छुट मिल्ने भएको छ।
प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रा.लि.बीचको दुईपक्षीय समझदारीसँगै ग्राहकले छुट पाउने भएको हो।
समझदारीपत्रमा प्रभु बैंकका प्रमुख मार्केटिङ अफिसर रविन्द्र ढकाल र वन्डर्स नेपालका कार्यकारी निर्देशक पदम प्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन्। सम्झौताअन्तर्गत प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले यो सुविधा दुई वर्षसम्म उपभोग गर्न पाउनेछन्।
सम्झौताअनुसार कमलादीस्थित स्काइवाक टावरको टिकट खरिदमा १० प्रतिशत छुट पाउनेछन्।
छुट सुविधा प्राप्त गर्न बैंकका ग्राहकहरुले टिकट खरिद गर्दा प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक पेस गर्नुपर्नेछ।
स्काइवाक टावर कुल ७८ दशमलव पाँच मिटर अग्लो छ र यस टावरबाट उपत्यकाको तीनसय ६० डिग्रीमा द्दश्यावलोकन गरि मनोरञ्जन लिन सकिन्छ।
प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर छन्।
Shares
प्रतिक्रिया