नेपाल स्टक एक्सचेन्जले अबदेखि तथ्यांक बिक्री गर्ने भएको छ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडको तथ्यांक प्रयोगसम्बन्धी कार्यविधि २०७७ लागू भएसँगै नेप्सेले तोकिएको शुल्क लिएर तथ्यांक दिने भएको हो।
इच्छुक तथ्यांक प्रयोगकर्ताहरुले चालू आव २०७९/०८० को लागि अबको ३० दिनभित्र आवेदन दिन सक्नेछन्।
नेप्सेको कुनै पनि तथ्यांक प्रयोगकर्ताले नेप्से समक्ष तथ्यांक प्रयोगको स्पष्ट उद्देश्य समेत खुलाई सोही कार्यविधिको अनुसूची १ बमोजिमको कागजातसहित नेप्सेमा निवेदन दिनुपर्नेछ।
नेप्सेबाट तथ्यांक लिने प्रयोगकर्ताको पनि वर्गीकरण गरिएको छ।
यसअनुसार न्यूनतम चुक्ता पुँजी ५ करोड भएको, विगत ३ वर्षदेखि निरन्तर सञ्चालित र हाल कम्तीमा १५ जना कर्मचारी रहेको बैंक वित्तीय संस्था, इन्भेष्टमेन्ट कम्पनी तथा वित्तीय विश्लेषक कम्पनीका लागि तत्काल (लाइभ)को पूरै तथ्यांक लिन प्रतिमहिना ६० हजार, इन्डाइस डेटाका लागि १० हजार, फ्लोर शिटको २० हजार, लाइभ ट्रेडिङ प्राइसका लागि २० हजार, मार्केट समरीको १० हजार, लाइभ मार्केट डेटाको १५ हजार र अन्यको क्याटेगोरीअनुसार २ हजार रुपैयाँ तिर्नुपर्नेछ।
क्याटेगोरीअनुसार कुनको कति?
Shares
प्रतिक्रिया