ad ad

कारोबार


७७ वटै जिल्ला समेटेर नयाँ उपभोक्ता मूल्य सूचकांक सार्वजनिक गरिँदै, आधार वर्ष २०८०/८१ लाई मानिने

७७ वटै जिल्ला समेटेर नयाँ उपभोक्ता मूल्य सूचकांक सार्वजनिक गरिँदै, आधार वर्ष २०८०/८१ लाई मानिने

नेपालखबर
असोज ९, २०८१ बुधबार १४:४३, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ लाई आधार वर्ष मानेर नयाँ उपभोक्ता मुल्य सूचकाङ्क सार्वजनिक गर्ने भएको छ। 

बुधबार थापाथलीस्थित राष्ट्र बैंकको भवनमा कार्यक्रम गर्दै बैंकले ७ वटा प्रदेश, ७७ वटा जिल्लालाई समेटेर नयाँ मूल्य सूचकांक सार्वजनिक गर्न लागेको हो। 

बैंकले अन्तर्राष्ट्रिय मुद्रा कोषको मापदण्डमा रहेर ९ वर्षपछि आधार वर्षलाई परिवर्तन गरेको छ। आर्थिक विभागका उपनिर्देशक सुमन न्यौपानेले सहर र गाउँ गरेर मूल्य संकलन गरी नयाँ दर सार्वजनिक गरिएको बताए। 

‘हामीले ९ वर्षपछि आव २०८०/८१ को वर्षलाई आधार वर्ष मानेर ८७ वटा बजारबाट ५२५ वटा वस्तुको मूल्य संकलन गरेर त्यसको औसत मूल्यअनुसार उपभोक्ता मूल्य सूचकांक तयार पारेका हौँ’, उनले भने। 

राष्ट्रिय तथ्यांक कार्यालय र त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा राष्ट्र बैंकले ७७ वटा जिल्लाका ८७ वटा बजारलाई संकलन केन्द्र मानेको छ। जसमा २१ वटा ग्रामीण क्षेत्रबाट मूल्य संकलन गरिएको छ भने ६६ वटा सहरी क्षेत्रबाट मूल्य संकलन गरिएको छ। 

राष्ट्र बैंकले शोधनान्तर स्थितिको तथ्यांकलाई पनि स्पष्ट पार्न अन्तर्राष्ट्रिय मापदण्ड बीपीएम सिक्सअनुसार तथ्यांक सार्वजनिक गर्ने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .