ad ad

कारोबार


कर्जा जान नसकेपछि बैंकमा थुप्रिएको पैसा उठाउँदै राष्ट्र बैंक, बुधबार ३० अर्ब तान्दै

कर्जा जान नसकेपछि बैंकमा थुप्रिएको पैसा उठाउँदै राष्ट्र बैंक, बुधबार ३० अर्ब तान्दै

नेपालखबर
असोज ९, २०८१ बुधबार १२:१२, काठमाडौँ

बैंक तथा वित्तीय संस्थाहरुसँग रहेको लगानी योग्य रकम अधिक भएपछि बुधबार पनि नेपाल राष्ट्र बैंकबाट ३० अर्ब रकम खिच्ने भएको छ।

राष्ट्र बैंकले १४ दिनका लागि ३० अर्ब रकम निक्षेप संकलन गर्न लागेको हो। 

बैंकले आज दिउँसो ३ बजेसम्म निक्षेपमा पैसा राख्न इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले अनलाइनबाट बोलकबोलमा समावेश हुनुपर्ने जनाएको छ। 

बोलकबोलमा सहभागी हुनलाई आवेदन दिने संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान गरेको रकमसम्मका आवेदन दिनुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .