ad ad

कारोबार


असोजका लागि घट्यो ब्याजदर, कुन बैंकमा पैसा राख्दा पाइन्छ धेरै ब्याज?

असोजका लागि घट्यो ब्याजदर, कुन बैंकमा पैसा राख्दा पाइन्छ धेरै ब्याज?

नेपालखबर
भदौ ३१, २०८१ सोमबार १२:४०, काठमाडौँ

असोज महिनाका लागि वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन्।

भदौको तुलनामा असोजमा वाणिज्य बैंकहरुले औसतमा ०.१३ प्रतिशतले ब्याज घटाएका हुन्। 

बैंक तथा वित्तीय संस्थाहरुसँग कर्जायोग्य लगानी बढ्दै गएपछि बैंकहरुले धमाधम निक्षेपको ब्याजद घटाउन थालेका छन्।

भदौ महिनामै निक्षेपको दर घटाएका बैंकहरुले असोज महिनाका लागि पनि ब्याज घटाएका हुन्। जसमा ९ वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाउँदा ९ वाणिज्य बैंकहरुले भदौकै ब्याजदरलाई निरन्तरता दिएका छन्। बाँकी दुई वाणिज्य बैंकहरुले भने ब्याज बढाएका हुन्। 

यद्यपि घटेकै ब्याजदरमा पनि ४ बैंकले भने ७ प्रतिशतभन्दा माथिको ब्याज सर्वसाधारणलाई दिने भएका हुन्। एनआईसी एसिया, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन र माछापुच्छ्रे बैंकले भने सर्वसाधारणलाई व्यक्तिगततर्फ निक्षेपमा ७ प्रतिशतमाथिको ब्याज दिने भएका छन्।

यी बैंकहरुले भदौको तुलनामा असोजका लागि ब्याज बढाएका भने होइनन्। अन्य बैंकहरुसरह नै ब्याज घटाए पनि उनीहरुको ब्याज अन्य बैंकभन्दा बढी छ। 

त्यसो त भदौ महिनाको तुलनमा व्यक्तिगततर्फ बैंकहरुले औसतमा ०.१३ प्रतिशतले ब्याज घटाएका हुन्। जसमा एनएमबी बैंकले ०.९१ प्रतिशत, कुमारी बैंकले ०.४९ प्रतिशत, प्राइम कमर्सियल बैंकले ०.२५ प्रतिशत र सानिमा बैंकले ०.६ प्रतिशतले ब्याजदर घटाएका छन्। 

यस्तै नेपाल एसबीआई बैंकले ०.२५, नबिल बैंकले ०.२५, एनआइसी एसिया बैंकले ०.२३ प्रतिशत, एभरेस्ट बैंकले ०.१ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.५ प्रतिशतले ब्याजदर घटाएका हुन्। 

योबाहेक कृषि विकास बैंक संस्थागततर्फ ०.०५ प्रतिशतले ब्याज बढाउँदा व्यक्तिगततर्फ भने ०.५ प्रतिशतले ब्याज घटाएको छ भने नेपाल बैंकले संस्थागत र व्यक्तिगत दुवैको ब्याज बढाएको छ। संस्थागततर्फ ०.७ प्रतिशत र व्यक्तिगततर्फ ०.९५ प्रतिशतले ब्याजदर बढाएको छ। 
बाँकी ९ वटा बैंकको ब्याजदरमा भने कुनै परिवर्तन भएको छैन ।

कुन बैंकको ब्याजदर कति ? 

बैंक व्यक्तिगत (%) संस्थागत (%)
एनएमबी बैंक ६.५ ५.५
कुमारी बैंक ६.०१ ५.०१
प्राइम कमर्सियल बैंक ६.२५ ४.५
सानिमा ५.९ ४.३
नेपाल एसबीआई
नबिल ६.७५ ५.७५
एनआईसी एसिया ७.१८ ६.१८
एभरेष्ट
राष्ट्रिय वाणिज्य
प्रभु ६.१ ५.१
ग्लोबल आईएमई ६.२५ ५.२५
लक्ष्मी सनराइज ६.५ ५.५
सिटिजन्स ६.५
सिद्धार्थ ६.५
नेपाल इन्भेष्टमेन्ट मेगा ६.५ ५.५
स्ट्यान्डर्ड चार्टर्ड
हिमालयन
माछापुच्छ्रे ५.२५
कृषि विकास ६.०७ ३.७५
नेपाल बैंक ५.९५ ४.९५

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .