ad ad

कारोबार


वाणिज्य बैंकहरूले तिरे १७ अर्ब ४१ करोड रुपैयाँ आयकर

वाणिज्य बैंकहरूले तिरे १७ अर्ब ४१ करोड रुपैयाँ आयकर

नेपालखबर
जेठ ३१, २०८१ बिहिबार १४:०, काठमाडौँ

वाणिज्य बैंकहरुले करिब साढे १७ अर्ब रुपैयाँबराबरको आयकर तिरेका छन्। 

नेपाल बैकर्स एसोसिएसनका अनुसार चालू आवको तेस्रो त्रैमासिकमा बैंकहरुले १७ अर्ब ४१ करोड रुपैयाँ आयकर तिरेका हुन्। 

गत वर्ष १९ अर्ब ९९ करोड रुपैयाँ कर तिरेका बैंकहरुले अघिल्लो वर्षको सोही अवधिमा २१ अर्ब १६ करोड रुपैयाँ तिरेका थिए। 

नेपाल बैकर्स एसोसिएसनका अनुसार वाणिज्य बैंकहरुले चैत महिनामा तिरेको आयकर पछिल्लो ६ वर्षयताकै कम हो।

आव २०७५/७६ को चैत महिनामा बैंकहरुले १९ अर्ब ३३ करोड रुपैयाँ तिर्दा आव २०७६/७७ को सोही अवधिमा १८ अर्ब ९८ करोड रुपैयाँ कर तिरेका थिए। 

त्यसपछिका वर्षहरु २०७७/७८ मा २१ करोड ९१ लाख र २०७९/८० मा १९ अर्ब ९९ करोड रुपैयाँ कर तिरेका हुन्। 

गत आर्थिक वर्षको तुलनामा चालू आवमा बैंकहरुले कुल २ अर्ब ५८ करोड रुपैयाँ कम कर तिरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .