ad ad

कारोबार


धनगढीका मेयर गोपाल हमालले किने १ करोड १० लाखको स्काईवेल ईटी५ कार

धनगढीका मेयर गोपाल हमालले किने १ करोड १० लाखको स्काईवेल ईटी५ कार

नेपालखबर
असोज १, २०८१ मंगलबार १८:१७, काठमाडौँ

स्वतन्त्र निर्वाचित धनगढी उप-महानगरपालिकाका मेयर गोपाल हमालले स्काईवेलको प्रिमियम एसयूभी खरिद गरेका छन्।

भदौमा भएको नाडा अटो शोमा बुकिङ गरेका हमाललाई जी मोटर्स प्रालिले उक्त कार डेलिभरी गरेको हो।

नाडाका दौडान बुकिङ गर्नेलाई जी मोटर्सले नाडामा बुकिङ गर्ने ग्राहकका लागि स्पेसल मूल्य ४१० किमि, बीई११ को ७५.९० लाख, बीई११ ५२० किमिको मूल्य ८५.९० लाख तथा ईटी५ को मूल्य १.१० करोड कायम गरेको थियो।

यसअनुसार हमालले उक्त गाडी १ करोड १० लाख रुपैयाँमा खरिद गरेका हुन्। 

जी मोटर्सका एजीएम नबिन फुयाँल र सेल्स अफिसर शिरिष श्रेष्ठले धनगढी नै पुगेर ६२० किमि दिने स्काईवेलको प्रिमियम ईभी डेलिभरी गरेको कम्पनीका कार्यकारी निर्देशक पारश मणी गेलालले जानकारी दिए। 

कम्पनीका अनुसार मेयर हमालले नाडा अटो शोमा उपलब्ध ईभीमा स्काईवेलकै प्रिमियम र लङ्ग रेन्ज रोज्नुको कारण नेपालको बाटोमा १९७ यमयम ग्राउन्ड क्लियरेन्स भएको, सबैभन्दा बढी रेन्ज दिने र धेरै सुविधासम्पन्न जिप त्यो पनि ईभीमै प्राप्त र युरोपियन बजारमा अब्बल बिक्री रहेको गुणस्तरयुक्त भएकोले रोजेको बताएका छन्। 

‘आगामी दिनमा हाम्रो यस प्रा. लि. ले बिक्री गरेका १५० किलोवाट पावर र उच्च ग्राउन्ड क्लियरेन्स भएको यस प्रिमियम ईभीले नेपाली बजार र ग्राहकमा सकारात्मक प्रभाव प्रदान गर्नेमा आफू विश्वस्त रहेको जनाउनुभएको छ’, कम्पनीले भनेको छ। 

हाल नेपालमा ४० वटा भन्दा बढी स्काईवेलका ईटी५-६२० किमि प्रिमियम विद्युतीय एसयूभी बिक्री-वितरण भइसकेका छन् भने नाडामा १२६ र त्यसपछिका बुकिङ्ग गरेर १५० भन्दा बढी बुकिङ रहेको कम्पनीले जनाएको छ । ईटी५, बीई ११ मोडेलमा हाल कम्पनीसँग ६२०, ५२० र ४१० किमि रेन्ज छ। 

स्काईवेल ६५ भन्दा बढी देशहरुमा जर्मनि, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्कि, इजरायल, पोल्यान्ड बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रीमियम सवारी उत्पादक कम्पनी हो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .