ad ad

कारोबार


रोयल इन्फिल्ड बिक्रेताले गत वर्ष गर्‍यो झण्डै ३ अर्बको सञ्चालन आय, बढ्यो नाफा मार्जिन

रोयल इन्फिल्ड बिक्रेताले गत वर्ष गर्‍यो झण्डै ३ अर्बको सञ्चालन आय, बढ्यो नाफा मार्जिन

नेपालखबर
असोज १, २०८१ मंगलबार १४:१४, काठमाडौँ

नेपालमा रोयल इन्फिल्डको उत्पादक तथा बिक्रेता टीजी अटो ग्रुप प्रालिले गत आर्थिक वर्षमा २ अर्ब ९२ करोड १० लाख रुपैयाँको सञ्चालन आय गरेको छ। 

व्यावसायिक रुपमा सञ्चालनमा आएको वर्ष कम्पनीले १८ करोड ९० लाख सञ्चालन आय गरेकोमा यो वर्ष ह्वात्तै वृद्धि भएको हो। 

कम्पनीको करलगायत विभिन्न दायित्वअघिको नाफा मार्जिन दर २.४४ बाट ६.३५ प्रतिशत पुगेको छ। व्यवासायिक सञ्चालनमा आएपछिको पूरा वर्ष कम्पनीले १० हजार युनिट मोटरसाइकल बिक्री गरेको थियो। त्यसअघि ६००० युनिटजति बिक्री भएको थियो। 

सरकारले अटो एसेम्बली युनिट प्रवर्द्धन गर्न सीकेडी अर्थात् पार्टपुर्जा ल्याएर एसेम्बलिङ गर्ने उद्योगलाई अन्तःशुल्क र भन्सार कर क्रमशः ५० प्रतिशत र २५ प्रतिशतले सहुलियत दिएको छ। यसले पनि कम्पनीको व्यवसाय वृद्धिमा योगदान मिलेको हो। 

टीजी अटो ग्रुप प्रालि त्रिवेणी ग्रुपअन्तर्गतको नेपालमा रोयल इन्फिल्ड मोटरसाइकलको एक मात्र उत्पादक तथा वितरक हो। यो कम्पनीको बारा जिल्लामा १ लाख वर्गफिटमा फैलिएको एसेम्बली युनिट छ। जहाँ वार्षिक २० हजार युनिट मोटरसाइकल एसेम्बलिङ गर्न सकिन्छ।

सन् २०२३ को मध्यतिर मात्र उक्त एसेम्बली युनिट व्यावसायिक रुपमा सञ्चालनमा आएको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .