काठमाडौंको नक्सालमा रहेको टेस्लाको सोरुमस्थित चार्जिङ स्टेसनमा आगलागी भएको छ।
प्रहरीका अनुसार विद्युत् सर्ट भई आगलागी भएको हो।
शुक्रबार मध्याह्न १२ः१० मा आगलागी भएको र दमकल र सुरक्षा अधिकारीको सहयोगमा १२ः३० मा नियन्त्रणमा आएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।
नेपालमा टेस्लाका सवारीसाधनको बिक्री वितरण अरेत इन्टरनेसनलले गर्दै आएको छ।
588
Shares
प्रतिक्रिया