चिनियाँ विद्युतीय कम्पनी नेटा न्यु स्टार्ट्स अपको ईभी निर्यात वरीयतामा पहिलो स्थानमा छ।
बजारमा आएका नयाँ ईभी कम्पनीहरुमध्ये कम्पनीले जनवरी–अप्रिल अवधिमा १३ हजार ६ सय ९४ वटा गाडी निर्यात गरेको हो।
त्यसपछि दोस्रो वरीयता पाएको एक्सपेङले सोही अवधिमा ३ हजार २९, सेरेसले २ हजार ६ सय ९१ र स्काईवर्थले ३ सय ६८ वटा विद्युतीय कार निर्यात गरेको छ।
यता अटोमोबाइल कम्पनीहरुको न्यु इनर्जी भेहिकल निर्यातको वरीयतामा भने नेटा चौथो स्थानमा छ।
यसअनुसार बीवाईडीले सबैभन्दा बढी १ लाख ३८ हजार ७ सय ६९, टेस्लाले १ लाख १९ हजार २ सय २, सायक पेसेन्सजर कार २९ हजार ८ सय २७, नेटा १३ हजार ६ सय ९४, चेरीले १३ हजार ५ सय १७, चांगनले ९ हजार ८ सय ५६ वटा न्यु ईभी निर्यात गरेको छ।
त्यसबाहेक सायक जीएम विलिङ ९ हजार ८ सय २३, गिली ८ हजार ९ सय ४६, जीएसी आयन ७ हजार २ सय ४२, डङफेङ होन्डाले ६ हजार ७ सय ९७, ग्रेटवालमोटर्सले ६ हजार ७ सय ४१, बीएमएडब्लु ब्रिलियन्सले ६ सय ७ सय १३, पोलारिस कारले ६ हजार ४ सय ६१, स्मार्ट मोटरले ५ हजार ३ सय ६१ र एफएडब्लुले ३ हजार ६ सय १ वटा न्यु ईभी निर्यात गरेका छन्।
नेपालमा चौधरी ग्रुपको सीजी मोटर्सले नेटा भीको बिक्री वितरण गर्दै आएको छ।
Shares
प्रतिक्रिया