होन्डाले आयोजना गरेको होन्डा टेक्निसियन स्किल कन्टेस्ट सम्पन्न भएको छ।
आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरुको सीप र दक्षता अभिवृद्धि गर्ने र बिक्रीपछिको सर्भिसको सेवास्तर उत्कृष्ट बनाउने उद्देश्यले कार्यक्रम गरिएको कम्पनीले जनाएको छ।
उक्त कन्टेस्टमा एसटीसी वर्कशप टेकुका प्रलाद दाहालले प्रथम पुरस्कार प्राप्त गरे। त्यसैगरी ओम सत्य साही अटो सिटि प्रा.लि इटहरीका गजेन्द्र बुढाथोकी द्वितीय र एसटीसी वर्कशप कोहलपुरका सन्तोष अर्जेलले तृतीय पुरस्कार प्राप्त गरे।
प्रथम हुनेले ५० हजार, द्वितीयले ३० हजार र तृतीयले २० हजार रुपैयाँ पाए भने सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो।
नेपाल अटो मेकानिक्स ट्रेड युनियनका केन्द्रिय अध्यक्ष प्रदिप घिमिरे तथा स्याकार ट्रेडिङका विभिन्न डिभिजन प्रमुखहरुको उपस्थितिमा सो कार्यक्रम चैत २८ गते होन्डाको ट्रेनिङ सेन्टर ग्वार्को ललितपुरमा सम्पन्न भएको हो।
प्रतियोगिता अवधिभर होन्डा जापानले उपलब्ध गराएको मार्ग निदेशनअनुसार टेक्निसियनहरु होन्डा स्टयान्डर्ड प्रोसिडयुअर अन्तर्गत रहेर प्रतियोगितामा सहभागी भएका थिए।
नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनि प्रालिअन्तर्गत सर्भिस डिभिजनको अगुवाइमा विभिन्न ५ वटा क्षेत्रीय प्रतियोगिता सम्पन्न गरी प्रत्यक क्षेत्र बाट २/२ जना छनोट गरी राष्ट्रियस्तरको प्रतियोगितामा सञ्चालन गरिएको थियो।
स्याकार ट्रेडिङ कम्पनीले विगत केही वर्षदेखि यस प्रकारको कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आएको बताएको छ।
यस प्रकारको प्रतियोगिताबाट सहभागी टेक्निसियनहरुको कार्यदक्षता अभिवृद्धि हुनुको साथै आउँदो दिनमा अझै कार्यकुशलताका साथ अघि बढ्न उत्प्रेरणा मिल्ने विश्वास गरिएको कम्पनीको भनाइ छ।
Shares
प्रतिक्रिया