फोटोन मोटर्सको आधिकारिक डिलर एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले टुनल्याण्ड पिकअप गाडीहरूको लागि नयाँ वर्षको आकर्षक स्किम ल्याएको छ।
‘फ्युल योर एम्बिसन आउन योर टनल्यान्ड’ नामक यो अफरले ग्राहकहरूलाई ९.९९ प्रतिशतको कम ब्याजदर र न्यूनतम १२ लाखको डाउन पेमेन्टमा टुनल्याण्ड पिकअप सवारी साधनको खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
अफरमा ग्राहकहरुका लागि एक्सचेन्ज विकल्प पनि समावेश रहेको कम्पनीको भनाइ छ।
‘यो नयाँ वर्ष हामी हाम्रा ग्राहकहरुका लागि केही विशेष बनाउन चाहन्छौँ र यो अफरले विशेष खुसियाली ल्याउनेमा हामी विश्वस्त छौँ’, एमए डब्लु वृद्धि कमर्सियल भेहिकलका सेल्स हेड नवीन आचार्यले भने, ‘हामीलाई थाहा छ कि गाडी खरिद गर्नु ठूलो निर्णय हो र हामी हाम्रा ग्राहकहरूलाई उनीहरूको सपनाको गाडीको स्वामित्व पाउन सजिलो बनाउन चाहन्छौँ।’
टनल्यान्ड पिकअप सवारीसाधन एक बहुउपयोगी र भरपर्दो सवारीसाधन हो जुन व्यक्तिगत र व्यावसायिक प्रयोगको लागि उपयुक्त छ। यो नयाँ वर्षको अफरसँगै, ग्राहकहरूले अब अधिकतम कम मूल्यमा टुनल्याण्ड पिकअप गाडी खरिद गर्न सक्छन्।
यस अफरको फाइदा लिन ग्राहकहरूले एमए डब्लु वृद्धिको कुनै पनि शोरुममा गएर ग्राहक प्रतिनिधि प्रतिनिधिसँग कुरा गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ।
Shares
प्रतिक्रिया