आईएमई अटोमोटिभ्स प्रालिले गत वर्ष ६२ करोडको सवारीसाधन बिक्री गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीले ९ करोडले व्यापार बढाएको हो।
आर्थिक वर्ष २०७६/०७७ मा ३४ करोड रुपैयाँको कारोबार गरेको आईएमईले २०७७/०७८ मा ५३ करोड रुपैयाँ आम्दानी गरेको थियो। पछिल्ला २ वर्ष आईएमईको आम्दानी बढ्दो रहे पनि २०७५/०७६ को तुलनामा अझै कम छ।
०७५/०७६ मा ७४ करोड आम्दानी गरेको आईएमई २०७८/०७९ मा ६२ करोड रुपैयाँको आम्दानी गरेको छ। कोभिड माहामारीको समयमा २०७६/०७७ मा घाटामा गएको कम्पनीले कर, ब्याज, अबमुल्यसन सहितको नाफा १०.८ प्रतिशतले बढाएको छ।
आईएमई अटोमोटिभ्स प्रा.लि २००९ मा स्थापना भएको कम्पनी हो। उक्त कम्पनी निर्माण उपकरण एस्कर्ट्स ब्रान्डको आधिकारिक बिक्रेता रहेको छ। कम्पनीले प्रिमियम बाइक युएम ब्रान्ड, हार्ले डेभिडसन र सेम टेक्टरको बिक्रेता समेत छ। अहिले युम मोटरसाइकल र हार्ले डेभिडसन स्टक क्लियरेन्स गरिरहेको छ।
कम्पनीमा उशा इन्भेष्टमेन्ट प्रा.लिको सेयर ४३.३ प्रतिशत रहेको छ भने आईएमई ग्रुप प्रा.लिको ३२.५ प्रतिशत रहेको छ। ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले १५.८ प्रतिशत र बाँकी सन्दिप अग्रवालको सेयर हिस्सा छ।
Shares
प्रतिक्रिया