सेयरबजारमा आज ५५ करोडको मात्रै सेयर खरिदबिक्री भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार ५५ करोड २७ लाख रुपैयाँको १७ लाख कित्ता सेयर बिक्री भएको हो।
दिनभरिमा १२ हजार २ सय ९३ पटकको खरिदबिक्रीमा २२९ कम्पनीको सेयर सामेल थिए।
नेप्से १६.०६ अंकले घटेर १८५५.१६ अंकमा कायम रहँदा सेन्सिटिभ सूचक पनि ३.२१ अंकले घटेको छ।
योसँगै नेप्से लगातार दोस्रो दिन ओर्लिएको हो। आइतबार बढे पनि यो हप्ता सोमबार र मंगलबार बजार ओरालो लागेको हो।
आज १३ उपसूचकमध्ये सामूहिक लगानी कोष, होटल र पर्यटन तथा व्यापार समूहको सूचक मात्रै हरियो छ। बाँकी उपसूचक राताम्य छन्।
१४२ कम्पनीको सेयर घट्यो
आज १४२ वटा कम्पनीको सेयर घटेको छ। ३३ कम्पनीका लगानीकर्ताले कमाउँदा ९ कम्पनीको सेयर मूल्य यथावत् रह्यो।
मंगलबार समिट र अभियान लघुवित्तका सेयरधनीले १० प्रतिशत कमाएका छन्। यो नै आजको सर्वाधिक कमाइ हो। लगानीकर्ताले ७.१८ प्रतिशतसम्म गुमाएका छन्। त्यस्तै नबिल बैंकको आज सर्वाधिक ३ करोडको कारोबार भएको छ।
Shares
प्रतिक्रिया