नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नयाँ नोट निकालेको छ।
आकार, प्रकार र रङ पहिलेकै तर केही नयाँ चित्र र शब्द राखेर राष्ट्र बैंकले १०० को नयाँ नोट बजारमा पठाएको हो।
राष्ट्र बैंकका अनुसार नोटमा बायाँतर्फ सगरमाथाको चित्र, मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै अंग्रेजीमा ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’ (बुद्ध जन्मस्थल लुम्बिनी) लेखिएको छ।
सय दरका ३ अर्ब बराबरका नयाँ नोट मंगलबारदेखि बजारमा पठाइएको राष्ट्र बैंकले जनाएको छ। नोटलाई सीधा हेर्दा रातो रङ, ढल्काएर हेर्दा हरियो रङ देखिन्छ। नोटको मध्य भागमा एकसिंगे माउ गैँडा र बच्चाको चित्र छ।
प्रतिक्रिया