ad ad

कारोबार


सिटी एक्सप्रेस र मेगा बैंकद्वारा साउदीको नेशनल बैंकसँग सहकार्य

सिटी एक्सप्रेस र मेगा बैंकद्वारा साउदीको नेशनल बैंकसँग सहकार्य

नेपालखबर
असोज ५, २०७६ आइतबार ८:४६,

सिटी एक्सप्रेस मनी ट्रान्सफर र मेगा बैंकको सहकार्यमा साउदी अरबको ख्याति प्राप्त बैंक नेशनल कमर्सियल बैंक क्विक पेबीच रेमिट्यान्स कारोबार सुरु भएको छ।

क्विक पेको ३ हजार ७ सय ७० एटीएमका साथै चार सयभन्दा बढी रेमिट्यान्स सेन्टरहरुबाट मेगा बैंकमार्फत सिटी एक्सप्रेसको कुनै पनि सात हजारभन्दा बढी एजेन्टहरु र मेगा बैंकको १ सय २ ब्रान्चहरुबाट नगद वा कुनै पनि बैंक खातामा पैसा जम्मा गर्न सकिने कम्पनीले जनाएको छ।

नेशनल कमर्सियल बैंकको उच्च अधिकारीहरुले सिटी एक्सप्रेस तथा मेगा बैंकको सहकार्यमा सम्झौता भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरुमा नयाँ प्रविधि र बृहत बजार रणनीतिको साथ अगाडि बढ्ने बताएका छन् ।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १३ वर्षदेखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरुबाट सात हजारभन्दा बढी नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .