संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आगामी पाँच वर्षभित्र निगजढ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने दाबी गरेका छन्।
बुधबारदेखि सुरु भएको नेपाल पूर्वाधार सम्मेलनमा बोल्दै मन्त्री भट्टराईले निकट भविष्यमै दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने दाबी गरे।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै मन्त्री भट्टराईले विकासको मुद्दामा नेपाली राजनीतिक दल एकै ठाउँमा उभिएको बताउँदै विदेशी लगानीकर्तालाई लगानी गर्न आग्रह गरे। सरकारले उत्तर र दक्षिण सीमानाकाको स्तरोन्नति गरेको, पूर्वपश्चिम जोड्ने राजमार्गको निर्माण तथा विस्तारलाई तीव्रता दिएको, युरोपेली संघको कालोसूचीबाट हटाउन पहल गर्ने उल्लेख गरे।
प्रतिक्रिया