ad ad

कारोबार


डिशहोमको ‘फन्ड ट्रान्सफरबाट रिचार्ज गरी खुसी वर्षभरि’ योजना

डिशहोमको ‘फन्ड ट्रान्सफरबाट रिचार्ज गरी खुसी वर्षभरि’ योजना

नेपालखबर
भदौ २३, २०७६ सोमबार ११:४८,

नेपालको एक मात्र डीटीएच सेवा प्रदायक डिशहोमले यसपालि डिशहोम फण्ड ट्रान्सफर सेवामार्फत ३ महिना, ६ महिना र वार्षिक रिचार्ज गर्दा भारी छुटसहितको विभिन्न प्याकेजहरु सार्वजनिक गरेको छ । अनलाइनमार्फत सजिलै विना कुनै झन्झट ग्राहकको सेट टप बक्स रिचार्ज गर्न मिल्ने फण्ड ट्रान्सफर सेवामार्फत तीन महिना, छ महिना र १२ महिनाको लागि रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ।

फण्ड ट्रान्सफर सेवामार्फत एकमुष्ट रिचार्ज गर्दा ग्राहकहरुलाई महिनैपिच्छे रिचार्ज कार्ड किनेर रिचार्ज गर्नुपर्ने झन्झट वाट मुक्ति मिल्छ भने वार्षिक रिचार्ज गर्दा भारी छुट पनि प्राप्त गर्न सकिन्छ। साथमा फण्ड ट्रान्सफर सेवा मार्फत रिचार्ज गर्दा विभिन्न एड अन प्याकेज पनि छानी छानी लिन सकिन्छ जुन सुविधा रिचार्ज कार्ड वा अन्य सेवा प्रदायकमार्फत रिचार्ज गर्दा प्राप्त हुनेछैन।

तीन महिनाको रिचार्जमा एक महिना, छ महिनाको रिचार्जमा दुई महिना र १२ महिनाको रिचार्जमा चार महिनाको लागि आफुलाई मन परेको कुनै एक एड अन प्याकेज छानी छानी लिन सकिन्छ। वार्षिक रिचार्ज गर्दा पहिले ४२ सय रुपैयाँमा हेरिरहेका बेसिक प्याकेज ३६ सय रुपैयाँमै हेर्न सकिन्छ। यस्तै मिडियम प्याकेज ४८ सय रुपैयाँको सट्टा ४२ सय, बेसिक प्लस ५१ सय रुपैयाँको सट्टा ४५ सय, मिडियम प्लस ५७ सयको सट्टा ४ हजार ९ सय ९८, सुपर एचडी ६ हजारको सट्टा ४ हजार ९ सय ९९, प्रिमियम एचडी ७ हजार २ सय रुपैयाँको सट्टा ५ हजार ७ सय ९९ र लाइफस्टाइल एचडी १० हजार ८ सय रुपैयाँको सट्टा ८ हजार ४ सय रुपैयाँमै उपलब्ध हुनेछ ।

dish home 11 yojana 2

फण्ड ट्रान्सफर सेवा डिशहोमको नेपाल भर रहेका आधिकारीक बिक्रेता, डिलर र सव डिलरकोमा उपलब्ध छ। फण्ड ट्रान्सफर सेवा, अफरअन्तर्गतका प्याकेज र एड अन प्याकेजको बारेमा विस्तृत जानकारी डिशहोमको आधिकारीक विक्रेता वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ।

डिशहोम नेपालभर सम्पूर्ण महानगरपालिका, नगरपालिका र गाउँपालिकामा बिक्री सञ्जाल, नेपालभर २४ घण्टाभित्र (भौगोलिक बिकटता हेरी हाम्रा प्राविधिक वा प्रतिनिधि पुग्न लाग्ने समय बाहेक) मर्मत तथा बिक्री पछिको सेवा प्रदान गर्न सक्षम, हप्ताको सातै दिन चौबिसै घण्टा ग्राहक सेवा केन्द्र सञ्चालन गर्दै आएको छ। डिशहोमको सेट टप वक्समा लाइफ टाइम वारेन्टी, मोवाइल एप, ग्राहकको सुविधाको लागि ग्राहक सेवा प्रतिनिधिसँग कुरा नगरी डिशहोमको सुविधा लिन सकिने आईभिआर सेवा प्रदान गर्दै आएको छ।

कम्पनीले एसएमएस सेवा, आफ्नो आवश्यकताअनुसार छानी छानी लिन मिल्ने विभिन्न एचडी तथा एसडी प्याकेजहरु, नेपालि चलचित्र मात्र प्रसारण हुने प्लस मुभि लगाएत अरु आफ्नै च्यानल समेटिएको प्लस प्याकेज, नयाँ नेपालि चलचित्र आफुले चाहेको समयमा हेर्न सकिने पे पर भ्यू सेवा लगाएतका सेवा सुविधा प्रदान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .