सेयरबजार परिसूचक नेप्से आज १९.१२ अंकले बढेको छ।
साताको अन्तिम कारोबार दिन क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक ६.३३ अंकले बढेको हो।
आजको कारोबारमा २ सय २४ कम्पनी सामेल भएका छन्। दिनभरिमा ७० हजार १ सय ९८ पटकको खरिदबिक्रीपछि ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार रुपैयाँको कारोबार भएको छ।
आज बजारमा तरलता १३ खर्ब ८२ अर्बको र पुँजीकरण ३९ खर्ब ४९ अर्ब रुपैयाँ रहेको छ।
यता १३ वटै समूहको कारोबार सूचक हरियो हुँदा चारवटा कम्पनीको सेयर मूल्य झण्डै १० प्रतिशतले बढेको नेप्सेले जनाएको छ।
आज ३.३३ प्रतिशतसम्म लगानीकर्ताले गुमाएका छन्। बजारमा आज सर्वाधिक ३० करोडसम्मको कारोबार भएको छ।
प्रतिक्रिया