क्रेडिट सुइसी रिसर्चकाअनुसार गतवर्ष ५२ लाख करोडपति थिए भने कोरोना प्रकोपका ५ करोड ९ लाख व्यक्ति करोडपति बन्दा हाल विश्वमा ५ करोड ६१ लाख करोडपति छन्।
शेयर बजारमा आएको सुधार र घरको मूल्य वृद्धिहुँदा धेरै मानिस करोडपति बनेको बताइएको छ।
अर्थशास्त्री तथा ग्लोबल वेल्थ रिपोर्टका अनुसन्धानकर्ता एन्थोनी सोरक्स भन्छन्,‘कोरोनाका कारण विश्व बजारमा छोटो समय प्रभाव पर्यो तर सन् २०२० को जुन महिनापछि अर्थतन्त्रले पुनर्आगमन गर्यो।’
उनका अनुसार कम आय भएका मानिसको सम्पत्ति भने स्थिर छ अथवा त्यो भन्दा कम भएको छ। बीबीसी
प्रतिक्रिया