ad ad

कारोबार


नेपालमा रियलमी-८ सार्वजनिक, मूल्य कति?

नेपालमा रियलमी-८ सार्वजनिक, मूल्य कति?

नेपालखबर
जेठ २४, २०७८ सोमबार १५:२१,

संसारमा तीव्र रुपमा आफ्नो बजार विस्तार गर्दै गएको स्मार्टफोन ब्राण्ड रियलमीले नेपाली बजारमा रियलमी ८ सार्वजनिक गरेको छ।

मध्यम रेन्जको नम्बर सिरिज रियलमीको ख्याती प्राप्त सिरिज हो, र यो सिरिज तीन वर्षको अवधिमा ६ वटा जेनेरेसन अपग्रेड र ३ करोड ३० लाख विक्रीका साथ यो मोबाइल फोनको क्षेत्रमा उत्कृष्ट सिरिजका रुपमा देखा परेको छ।

रियलमी ८ उत्कृष्ट विकासका साथ ६४ एमपी सेन्सर र नयाँ ट्रेन्डसेटिङ्ग फिचरहरुका साथ बजारमा ल्याइएको छ। यसमा १ हजार निट्ससम्म उच्च ब्राइटनेसको सुविधा रहेको एमोलेड सुपर डिस्प्ले राखिएको छ।

६४ एमपी एआई क्वाड क्यामेरा, तेजिलो फोटो र उत्कृष्ट रात्रीकालिन फोटो
रियलमी ८ को मुख्य क्यामेराको रुपमा, ६४ एमपी क्यामेरा रहेको छ साथै ८ एमपीको ११९ डिग्री वाइड एङ्गगलसहित माइक्रो र ब्ल्याक एण्ड ह्वाइट प्रोटेट लेन्स सहित चार क्यामेरा ट्रेन्डसेटिङ्गका नयाँ फिचर रहेका छन्।

टिल्ट–सीफ्ट मोडले वास्तविक दुनियाँलाई सानो गरेर देखाउने गरी रोमाञ्चक फोटोग्राफीको आनन्द दिन सक्छ। यसैगरी नयाँ स्तारी मोडले स्योरफायर ब्राइटनेसमा देखिने समस्या र फोटोमा आउने दानाहरु कम गरी गुणस्तरलाई सुधार गर्दछ। यसैगरी रियलमी ८ मा नियोन प्रोट्रेट, डायनामिक वोकेह, नयाँ एआई प्रोट्रेट र अन्य शैलीगत फिचरहरु रहेका छन्।

१६ एमपी सेल्फी प्रोट्रेट क्यामेरामा एआई ब्युटि, प्रोट्रेट मोड र सुपर नाइटस्केप मोड रहेका छन्।

दोहोरो दृश्य भिडियो फिचरले प्रयोगकर्ताका लागि रमाइलो र आकर्षक भिडियो लिन सहयोग गर्छ। यसैगरी यूआईएस म्याक्स भिडियो स्टयावील्याइजेसनले स्थिर र स्मुथ चलायमान भिडियो खिच्न सहयोग पुर्‍याउँछ।

६.४ इन्च सुपर एमोलेड डिस्प्ले र १००० निट्सेकोे अधिकतम ब्राइटनेस
रियली ८ मा ६.४ इन्च सुपर एमोलेड डिस्प्ले रहेकोे छ। यसमा सधैँ डिस्प्ले बल्ने र फास्ट अनलकिङ लाइट सेन्सेटिभ इन–डिस्प्ले सेन्सरको पनि प्रयोग गरेको छ।

डिस्प्लेमा १०८० पी एफएचडी रिजोलुसन र १८० हर्जको टच स्याम्पलिंग रेट प्रयोग भएको छ। सनलाइट मोडले १ हजार निट्ससम्मको ब्राइटनेस समर्थन गर्दछ। डिस्प्लेमा आँखाको सुरक्षाको डीसी–लाइक डिमिङ र न्यून ब्राइटनेसमा एन्टी फ्लिकरको प्रावधान रहेको छ।

 ३० वाट डार्ट फ्ल्यास चार्ज, ५००० एमएएच् व्याट्री
रियलमी ८ को साथ ३० वाट डार्ट फ्ल्यास चार्ज उपलब्ध छ जसले यसमा रहेको ५००० एमएएच् व्याट्रीलाई मात्र ६५ मिनेटमा पूर्ण रुपले चार्ज गर्न सक्छ। यसको चार्जरमा ५ आयाम सुरक्षा प्रविधिले चार्जिङलाई पूर्णतया सूरक्षित बनाउँछ।

रियलमी ८ मा रहेको ५००० एमएएच् व्याटी« ४० दिन स्ट्यान्डवाइमा र निरन्तर खेल खेल्दा १० घण्टा सम्म टिक्न सक्छ। यसमा रहेको सुपर पावर सेभिङ्ग मोडले ५ प्रतिशत मात्र रहँदा पनि २ दिनसम्म टिकाउन सक्छ। रियलमी ८ मा विभिन्न एप् जस्तै क्विक फ्रिज, स्लिप स्ट्यान्डवाइ अप्टिमाइजेसन र अन्य व्याट्री अप्टिमाइजेसन फिचर्सहरु रहेका छन्।

यसबाट ओटीजी केवल मार्फत अन्य फोन र स्मार्ट डिभाइजलाई चार्ज गर्न समेत सकिन्छ।

अनन्त बोल्ड डिजाइन, सिल्म र हलुका
रियलमी ८ ले ट्रेन्डी अनन्त बोल्ड डिजाइनलाई प्रयोग गरेको छ। यो फोन दुई रङ्ग साइवर सिल्भर र साइवर ब्लाकमा उपलब्ध छ। केबल १७७ ग्राम तौलको रियलमी ८ मात्र ८ मिलिमिटर भन्दा कम मोटाइको छ।

हेलियो जी ९५ गेमिङ प्रोसेसर, कपर लिक्विड कुलिङ्ग टेक्नोलोजी
रियलमी ८ – होलियो जी ९५ गेमिङ्ग प्रोसेसिङ्ग रहेको छ जसमा दुइवटा ठुला ए७५ कोर र ६ वटा साना ए५५ कोरको प्रयोगले स्पीड २.०५ गेगाहर्ज प्रदान गर्दछ र क्वाड–कोर मालि–जी ७६ जीपीयूले गेम खेल्न थप क्षमतावान बनाउँछ। कपर लिक्विड कुलिङ्ग प्रविधिले कुलिङ प्रभावकारितालाई रियलमी ७ को तुलनामा १४.४ प्रतिशत वृद्धि गरेको छ।

८ र्‍याम र १२८ जीबी स्टोरेजसहित उपलब्ध रियलमी ८ को मूल्य नेपाली बजारमा ३५ हजार ९९० रहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .