सरकारले आगामी आर्थिक वर्षमा १ हजार ६ सय २९ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने घोषणा गरेको छ।
विपन्नको घरमा निःशुल्क विद्युत जडान गरी उज्यालो नेपाल कार्यक्रम सम्पन्न गरिने सरकारको दाबी छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वार्षिक बजेट प्रस्तुत गर्ने क्रममा सो घोषणा गरेका हुन्।
ग्रामिण तथा सामुदयिक विद्यतिकरणका लागि ४ अर्ब विनियोजन गरिएको पौडेलले बताएका छन्।
सरकारले दशकौैंदेखि सुरु हुन नसकेको पञ्चेश्वर जलविद्युत आयोजनाको समेत निर्माण शुरु गर्ने दाबी गरेको छ।
वुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण, कोहोलपुर–लखनऊ, लम्की–बरेली प्रसारण लाइन निर्माण गर्न ४ अर्ब ७ करोड बजेट विनियोजन गरिएको छ।
उर्जा तथा सिचाई मन्त्रालयको लागि १ खर्ब २१ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।
प्रतिक्रिया