तेह्रथुमको चुहानडाँडा विमानस्थललाई सरकारले आङ छिरिङ शेर्पा विमानस्थल नामाकरण गर्ने भएको छ।
यस्तै सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी विमानस्थल नाम दिइने भएको छ।
बजेट भाषण प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलको रुपमा पूर्णता दिइने बताए। त्रिभुवन विमानस्थलका लागि ६ अर्व ९५ करोड बजेट विनियोजन गरिएको छ।
यस्तै पोखरा विमानस्थलका लागि ८ अर्व ५० करोड छुट्याइएको छ। गौतम वुद्ध विमानस्थलका लागि ३ अर्व ५३ करोड बिनियोजन गरिएको छ।
सुर्खेत र भरतपुर विमानस्थलको स्तरोन्नती गरिने। सरकारले आन्तरिक विमानस्थलतर्फ १ अर्व ३३ करोड रकम विनियोजन गरेको छ।
प्रतिक्रिया