ad ad

कारोबार


एसजी ग्रुपले ल्यायो पोर्टेबल अक्सिजन ब्याग, मूल्य ८ सय ७५ रुपैयाँ

एसजी ग्रुपले ल्यायो पोर्टेबल अक्सिजन ब्याग, मूल्य ८ सय ७५ रुपैयाँ

नेपालखबर
जेठ ७, २०७८ शुक्रबार १२:४०,

अक्सिजन अभावका बीच एसजी गुपले पोर्टेबल अक्सिजन ब्याग नेपाल भित्र्याएको छ।

ग्रुपले अक्सिजन ब्यागसहित चीनबाट अक्सिमिटर, अक्सिजन मास्क तथा अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटर ल्याएको हो।

विभिन्न कोभिड स्वास्थ्य सामग्रीमध्ये अक्सिजन ब्याग नेपालका लागि नयाँ भएको एसजी ग्रुपका सञ्चालक सुगम घिमिरेले बताए।

यो अक्सिजन बोकेर हिँड्न मिल्ने खालको ब्याग भएको उनले जानकारी दिए।

घिमिरेका अनुसार अक्सिजन ब्यागमा हुने भएकाले मोटरसाइकल, साइकल तथा हिँड्दा सडकमा समेत प्रयोग गर्न मिल्ने खालको हुन्छ।

यातायातको पहुँच नपुगेका क्षेत्रमा तत्काल अस्पताल पु¥याउनुपर्ने संक्रमितका लागि उपयोगीका रुपमा ब्यागको प्रयोग गर्न सकिने उनको दाबी छ।

व्यवसायी घिमिरेले घर–घरमा ठूलो मात्रामा अक्सिजन सिलिन्डर होल्ड गर्नुभन्दा पनि पोर्टेबल अक्सिजन ब्याग प्रयोग गर्दा अस्पतालहरूमा देखिएको अक्सिजन अभाव कम गर्न मद्दत पुग्ने बताए।

धेरैजसो देशमा यस्तो ब्याग आपत्कालीन उपचारका लागि प्रभावकारी देखिँदै आएको छ। नेपालमा कोरोना भाइरस संक्रमितलाई उपचारमा सहजताको लागि ‘पोर्टेबल अक्सिजन ब्याग’ बजारमा ल्याएको घिमिरे बताउँछन्।

ग्रुपका अनुसार नेपालमा एउटा ब्यागको मूल्य ८ सय ७५ रुपैयाँ रहेको छ। १० लिटरको अक्सिजन सिलिन्डरले औसतमा १५ वटा ब्याग भर्न सकिन्छ।

ब्याग पुनः प्रयोग, ढुवानीको लागि सहज, ५ मिनेट ३० सेकेण्डमा एउटा ब्याग भर्न सकिने र एउटा ब्यागले ४५ मिनेट देखि एक घण्टासम्म पुग्ने ग्रुपले जनाएको छ।

ब्यागलाई अक्सिजन सिलिन्डर वा कन्सन्ट्रेटरले भर्न सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .