ad ad

कारोबार


कोरोनाकालमा खर्बौँका पानीजहाज खरिदपछि अक्सफामले भन्यो– यो पैसा त पूरै नेपाललाई खोप लगाउन पुग्छ

कोरोनाकालमा खर्बौँका पानीजहाज खरिदपछि अक्सफामले भन्यो– यो पैसा त पूरै नेपाललाई खोप लगाउन पुग्छ

नेपालखबर
जेठ ५, २०७८ बुधबार ८:५३,

कोरोना महामारी रोक्न लगाइएको लकडाउन र यात्रा प्रतिबन्धका कारण धनीमानीले विलासी पानीजहाज किन्ने क्रम बढेको छ।

सन् २०२१ मा मात्रै उनीहरुले विलासी पानीजहाज ‘सुपरयाट’ खरिदमा एक अर्ब पाउन्ड स्टर्लिङ खर्च गरेको बीबीसीले जनाएको छ।

विलासी जीवनशैली प्रकाशित गर्ने बोट इन्टरनेशलका अनुसार यो क्रम सन् २०२१ मा अझै बढ्नसक्नेछ।

खासगरी सेकेन्ड ह्यान्ड बिक्री अझै बढ्नसक्नेछ।

तर दान सहयोगसम्बन्धी संगठन अक्सफामले भने यति धेरै पैसा कोरोनाविरुद्धको खोपमा प्रयोग नहुनुलाई ‘अशोभनीय’ भनेको छ।

ती खरिद भएका सुपरयाटको मूल्यले नेपालजस्तो सानो देशका सबै जनसंख्यालाई खोप लगाउन सकिने अक्सफामको तर्क छ।

गत समरदेखि सुपरयाट खरिद बढेको बोट इन्टरनेशनल (बीआई) ले जनाएको छ।

बीआईले सुपरयाटलाई सामान्यतया क्रु चाहिने २४ मिटरभन्दा लामो आकारको रुपमा परिभाषित गरेको छ।

यी सुपरयाटहरु १ सय ८० मिटरसम्मका हुन्छन्। सेकेन्ड ह्यान्ड सुपरयाटको मूल्य १० लाख युरोदेखि ५० लाख युरोसम्म पर्छ भने क्रु, इन्धनलगायत शुल्कसमेत गरी प्रतिवर्ष सञ्चालन खर्च २ लाख युरोसम्म पर्ने बोट इन्टरनेशनलका प्रधानसम्पादक स्टिवार्ट क्याम्पबेलले बताए।

यसमा आफूले चाहेअनुसार स्पा पुल, सन डेक, जिम र अन्य कुरा राख्न सकिन्छ।

धेरै सम्पत्तिवाल मानिसहरुले कोरोना रोक्न लगाइएका विभिन्न प्रतिबन्ध र कडिकडाइबाट छुट्कारा पाउन सुपरयाट किन्न थालेपछि अरुले पनि सोही बाटो रोजेको देखिएको क्याम्पबेलले बताए।

५० प्रतिशतभन्दा धेरै सुपरयाट बिक्री अमेरिकामा भएको बताइएको छ। धेरै याक्ट मालिकहरु महामारीमा नजिकको जमिनमा जान नचाहेको क्याम्पबेल बताउँछन्।

त्यसो त सबै सुपरयाट ठूला धनाढ्य र पहुँचवालाले मात्रै खरिद गरेका छैनन्, वैध आम्दानी गरेका र बेलाबखत दान गरिरहनेहरुले पनि खरिद गरेका छन्।

सुपरयाट मालिकहरुले जर्मनी र क्यारिबियनलगायतका देशमा बोट–बिल्डिङ र पर्यटन उद्योगलाई पनि योगदान गरेको उनको भनाइ छ।

यसपटक खासगरी तीनवटा ठूला सेकेन्ड ह्यान्ड सुपरयाट बिक्री भएको छ। त्यसमा सोलो ५ करोड ४० लाख पाउन्ड, एलिजिर ३ करोड ३५ लाख पाउन्ड र लेडी शेरिडान २ करोड ४७ लाख डलरमा बिक्री भएको छ।

तर यता अमेजनका मालिक जेफ बेजोसको सुपरयाटको मूल्य भने ५० करोड डलर छ।

अक्सफामका अनुसार यो वर्षमात्रै १ अर्ब पाउन्डबराबरका सेकेन्ड ह्यान्ड सुपरयाट बिक्री भइसकेका छन् जुन मूल्यले कतिपय पूरै देशलाई खोप लगाउन पर्याप्त हुन्छ।

अक्सफाम इन्टरनेशनमा असमान नीति हेर्ने प्रमुख म्याक्स लसन अर्बपतिले खर्च गरेको १ अर्ब पाउन्ड भनेको नेपालजस्तो देशका पूरै जनसंख्यालाई खोप लगाउन पुग्ने बताउँछन्।

यसलाई उनी लज्जाको विषय मान्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .