ad ad

कारोबार


नेपाल र थाइल्याण्डबीच पर्यटन प्रवर्द्धन गर्न आपसी सहकार्य गरिने

नेपाल र थाइल्याण्डबीच पर्यटन प्रवर्द्धन गर्न आपसी सहकार्य गरिने

नेपालखबर
बैशाख ८, २०७८ बुधबार ५:४७,

नेपाल र थाइल्याण्डबीच पर्यटन प्रवर्द्धन गर्न आपसी सहकार्य गरिने भएको छ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सीईओ) डा. धनन्जय रेग्मी र नेपालका लागि थाइल्याण्डका राजदूत भोषिता भोरस्फबीच मंगलवार भएको भेटवार्तामा दुवै देशले एक अर्को देशको पर्यटन प्रवर्द्धनको लागि सहकार्य गर्ने कुरामा जोड दिइएको हो।

भेटका क्रममा नेपालमा थाइल्याण्डबाट आउने र नेपालबाट थाइल्याण्ड जाने नेपाली पर्यटकको संख्या बढिरहेको सन्र्दभमा आपसी सहकार्य गर्नसके दुवै देशको पर्यटन प्रवर्द्धन गर्न सघाउ पुग्ने विषयमा छलफल भएको थियो।

बोर्डका सीईओ रेग्मीले नेपाल गौतमबुद्धको जन्मस्थल रहेको र थाइल्याण्ड बौद्धमार्गी देश भएकोले नेपाल थाइल्याण्डको लागि धार्मिक पर्यटनस्थल भएको बताए।

गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा वार्षिक करिब तीन हजार थाई पर्यटकले भ्रमण गर्ने गरेको उल्लेख गर्दै सीईओ रेग्मीले बुद्धसँग जोडिएका अन्य स्थानहरुमा समेत थाई पर्यटकलाई लैजाने गरी ती क्षेत्रको विकासमा बोर्डले पहल गरिरहेको बताए।

‘लुम्बिनीसँगै कपिलवस्तु र रामग्रामलाई जोडेर बुद्ध सर्किटको अवधारणाअनुरुप काम भइरहेको छ। यसले पर्यटकलाई बुद्धबारे जान्ने बुझ्ने र बसाई अवधि लम्ब्याउन पनि सहयोग पुग्नेछ’, उनले भने।

थाइल्याण्डमा नेपालको प्रवर्द्धन गर्न त्यहाँस्थित सरकारी सञ्चारमाध्यम र नेपालमा थाइल्याण्डको प्रवर्द्धन गर्न नेपालको सरकारी सञ्चारमाध्यमहरुबीच सहकार्य गर्न सकिने उल्लेख गर्दै सीईओ रेग्मीले त्यसको लागि दुवैतर्फबाट पहल गरिने बताए।

भेटका क्रममा थाइ राजदूत भोषिता भोरस्पले नेपाल र थाइल्याण्डबीच धार्मिक सांस्कृतिक सम्बन्ध सुमधुर रहेको बताउँदै थाई पर्यटकका लागि लुम्बिनी प्रमुख आकर्षण भएको बताए।

लुम्बिनीमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणपछि थाइपर्यटक बढ्नसक्ने उनले बताए ।

थाइल्याण्ड नेपालमा सबैभन्दा बढी पर्यटक आउने प्रमुख १० देशमध्ये पर्दछ। सन २०१९ मा ४१ हजार ६५३ जना थाइ पर्यटकले नेपाल भ्रमण गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .