ad ad

कारोबार


प्रभु बैंकका अध्यक्ष सिटौलाद्वारा पदभार ग्रहण

प्रभु बैंकका अध्यक्ष सिटौलाद्वारा पदभार ग्रहण

नेपालखबर
बैशाख ६, २०७८ सोमबार ९:२१,

प्रभु बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष लिलाप्रकाश सिटौलाले सोमबार पदभार ग्रहण गरेका छन्।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी सिटौलाले आजै बैंकको सञ्चालक समितिको २०९ औं बैठकको अध्यक्षता गरेर पदभार ग्रहण गरेका हुन्।

बैंकको स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त भएका उनलाई यही वैशाख २ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको थियो।

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधी हासिल गरेका अध्यक्ष सिटौलाले नेपालको बैंकिङ क्षेत्रमा लामो कार्यानुभव संगालेका छन्।

सिटौला नेपाल राष्ट्र बैंकमा २५ वर्षको सेवा अवधि पूरा गरी कार्यकारी निर्देशक पदबाट सेवा निवृत्त भई कृषि विकास बैंकमा ४ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा समेत जिम्मेवारी वहन गरेका थिए। उक्त अवधिमा परम्परागत रुपमा बैंकिङ सेवा प्रवाह गरिरहेको कृषि बिकास बैंकलाई डिजिटल प्रविधिमा लैजान उनको विशेष योगदान रहेको थियो।

उक्त अवधिमा उनले नेपालका वाणिज्य बैंकहरुको छाता संगठन, नेपाल बैंकर्स संघको कार्यसमितिमा रही काम गरेका थिए। उनले बीमा संस्थान, नेपाल स्टक एक्स्चेञ्ज र कर्जा सूचना केन्द्रको सञ्चालक समितिमा समेत रहेर काम गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .