ad ad

कारोबार


सुबिसुको नयाँ वर्ष योजना : एक लाखसम्मको स्वास्थ्य बीमा निशुल्क

सुबिसुको नयाँ वर्ष योजना : एक लाखसम्मको स्वास्थ्य बीमा निशुल्क

नेपालखबर
बैशाख ५, २०७८ आइतबार १४:२१,

अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट प्रा. लि ले नयाँ वर्षको अवसरमा ग्राहकहरुका निम्ति ‘इन्टरनेट मस्त जीवन स्वस्थ’ अफर प्रस्तुत गरेको छ।

जसमा ग्राहकहरुले रु. एक लाखसम्मको निःशुल्क स्वास्थ बीमा प्राप्त गर्न सक्नेछन्।

स्वस्थ जीवनको महत्वलाई ध्यानमा राख्दै कम्पनीले इन्टरनेट तथा इन्टरनेट र क्लियर टीभी सेवाको नयाँ जडान तथा नवीकरणमा रु. एक लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा प्रदान गर्ने भएको छ। सेवा २० एमबीपीएच भन्दा माथिका ब्याण्विथमा लागू हुनेछ।

कम्पनीले स्वास्थ्य बीमाको लागि शिखर इन्स्युरेन्ससँग सहकार्य गरेको हो। यस अफर अन्तर्गत ग्राहकहरुले नेपाल र भारतमा उपचारार्थ रु. एक लाख सम्मको स्वास्थ्य बीमा प्राप्त गर्नेछन्।

आकस्मिक स्वास्थ्य उपचारमा पर्न जाने आर्थिक भारलाई यसले धेरै हदसम्म निर्मुल पार्ने विश्वास लिइएको छ। अफर सिमित अवधीका लागि रहने छ र शर्त तथा नियमहरु लागू हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .