ad ad

कारोबार


इसेवाबाट एयरलाइन्स टिकट काट्दा शतप्रतिशत क्यासब्याक पाउन सकिने

इसेवाबाट एयरलाइन्स टिकट काट्दा शतप्रतिशत क्यासब्याक पाउन सकिने

नेपालखबर
चैत २४, २०७७ मंगलबार १०:५२,

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत हवाइजहाज टिकट काट्दा शतप्रतिशत क्यासब्याक पाइने भएको छ।

इसेवा मार्फत आन्तरिक तर्फको एयरलाइन्स्का कुनै पनि गन्तव्यको टिकट काट्ने यात्रु यस योजनामा सहभागी हुनेछन्। हरेक दिन तीन जनाले तीन हजारसम्मको टिकटमा शतप्रतिशत क्यासब्याक पाउनेछन् भने त्यसभन्दा माथिको टिकटमा तीनहजार रूपैयाँ छुट पाउनेछन्। यो योजना ३१ चैतसम्म सञ्चालन हुनेछ। 

यस्तै जाउँ है पोखरा अभियान अन्तरगत पोखरा जाने यात्रुहरुले एयरलाइन्स टिकट काट्दा टिकट बुकिङ, होटल तथा रेष्टुरेन्ट तथा साहसिक खेलहरूमा आकर्षक छुट प्राप्त गर्नेछन्। यात्रुहरुले इसेवा मार्फत टिकट काटिसकेपछि ‘जाउँ है पोखरा’ भन्ने विवरणमा क्लिक गरि यस्तो छुट पाइनेछ।

होटल तथा साहसिक खेलमा छुट प्राप्त गर्नका लागि इसेवाबाट प्रि बुकिङ गर्नुपर्नेछ अथवा हवाइ टिकट देखाउनुपर्नेछ। अहिले पश्चिमाञ्चल होटल संघ पोखरा र इसेवाको सहकार्यमा जाउँ है पोखरा अभियान अन्तरगत पोखरा घुम्न जानको लागि विभिन्न प्रवद्र्धनात्मक कार्यहरु भइरहेका छन्।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४२ लाख नाघेको छ। यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन्। हाल इसेवाका देशभर करिब एक लाख १० हजार भन्दाबढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन्। हाल इसेवामा मर्चेन्टको संख्या तीन लाख २ लाख नाघिसकेका छन्।

इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ।

इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .