सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाको सिईओको अमेर हद तोक्ने परिपत्र हाललाई कार्यन्वयन नगर्न नेपाल राष्ट्र बैंकलाई अन्तरिम आदेश जारी गरेको छ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति पश्चात साउन २० गते जारी गरेको परिपत्रमा ६५ वर्ष उमेर नाघेका व्यक्ति सिईओमा नियूक्त हुन नपाउने तथा हाल सिईओ रहेका तर ६९ वर्ष उमेर पुगेकाहरु सिईओमा रहेर काम गर्न नसक्ने उल्लेख गरेको थियो।
तर यो परिपत्रविरुद्ध प्राइम कमर्सियल बैंकका सिईओ नारायणदास मानन्धरले रिट दायर गरेका थिए। उक्त रिटको सुनुवाई गदै सर्बोच्चले हाललाई कार्यन्वयन नर्गन भनेको हो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले हाल अन्तरिम आदेश जारी गरेको हो।
परिपत्रमा संचालक समितिमा रहेनेहरुको लागि समेत उमेरहद तोकिएको छ। परिपत्र अनुसार ७० वर्ष नाघेका व्यक्ति सञ्चालक समितिमा चयन हुन नसक्ने भनिएको छ। त्यस्तै हाल कार्यरत रहेका पनि ७४ वर्ष पुरा भएकाहरु हट्नु पर्ने उल्लेख छ।
Shares
प्रतिक्रिया