नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीका लागि नयाँ वर्ष २०७८ मा दिइने बिदाकाे सूचि सार्वजनिक गरेको छ।
राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको सूचना अनुसार शनिवार बाहेक ३२ दिन बिदा पाइने व्यवस्था गरिएको छ।
त्यो भन्दा बाहेक कर्मचारीको संस्कृति वा उनीहरुले मनाउने पर्व अनुसार पनि बिदा लिन पाउनेछन्।
नयाँ वर्ष २०७८को वैशाख १ गतेका दिन देशभरका बैंकहरुमा बिदा दिइएको छ।
राष्ट्र बैंकका अनुसार वैशाखमा २ दिन, जेठमा २ दिन, भदौमा ३ दिन, असोज ९ दिन, कात्तिकमा ६ दिन, मंसिरमा २ दिन, माघमा १ दिन, फागुनमा ३ दिन र चैतमा ४ दिन बिदा दिइएको छ। दसैँमा ११ दिन विदा परेको छ।
प्रतिक्रिया