ad ad

कारोबार


मेटलाइफको इटहरी र कटारीमा नयाँ एजेन्सी कार्यालय

मेटलाइफको इटहरी र कटारीमा नयाँ एजेन्सी कार्यालय

नेपालखबर
साउन २७, २०७६ सोमबार १३:३०,

मेटलाइफले यो साता प्रदेश नं. १ अन्तर्गतका इटहरी र कटारीमा दुईटा नयाँ एजेन्सी कार्यालय खोली पूर्वी नेपालमा आफ्नो सञ्चालन विस्तार गरेको छ।

कम्पनीका प्रमुख वितरण अधिकृत अरुण बस्नेत तथा अन्य स्थानीय कर्मचारीहरुको उपस्थितिमा कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले दुवै कार्यालयहरुको उद्घाटन गरे।

यसरी भएको विस्तारले यस क्षेत्रमा रहेका कम्पनीका ग्राहकहरुलाई थप सुबिधा तथा सहजता प्रदान गर्न सहयोग मिल्नेछ भन्ने कुरामा कम्पनीले विश्वास लिएको छ। यस कार्यालयले ग्राहकहरुलाई बीमा शुल्क तथा आवेदन संकलन, बीमालेख हस्तान्तरण तथा बीमालेख परिवर्तन र पुनस्र्थापना, ग्राहकको जिज्ञासा अनुरोधहरु बुझ्ने तथा अन्य कागजपत्रहरुको पर्याप्तता हेर्ने जस्ता सेवाहरु प्रदान गर्दछन। यी थप गरिएका दुई नयाँ कार्यालयहरु बिराटनगरमा रहेको शाखा कार्यालयको मातहतमा रहनेछन्।

मेटलाइफ इन्सुरेन्सको सहायक संस्था, संयुक्त राज्य अमेरिकामा संस्थापित अमेरिकन लाइफ इन्श्योरेन्स कम्पनीको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा संचालन भइरहेको छ। नेपालमा यसले आफ्ना व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामुहिक बीमा जस्ता बीमा योजनाहरु उपलब्ध गराउँदै आइरहेको छ।

मेटलाइफ इन्सुरेन्स आफ्ना सहायक र सम्बद्द संस्थाहरु सहित मेटलाइफ बित्तीय सेवा प्रदायक विश्वका प्रमुख कम्पनीहरु मध्येको बीमा, एन्युटी, कर्मचारी लाभ योजनाहरु र सम्पत्ति व्यवस्थापनको सेवा प्रदान गरी व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई बदलिँदो विश्वमा जीवनमा अगाडि बढ्न मद्त गरिरहेको एक कम्पनी हो। सन् १८६८ मा स्थापित भएको मेटलाइफ, ४० भन्दा बढी राष्ट्रहरुमा सञ्चालनमा रहेको छ र संयुक्त राज्य अमेरिका, जापान, ल्याटिन अमेरिका, एशिया, युरोप र मध्य पूर्वमा अग्रणी स्थान ओगटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .